कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८०, बुधबार ०६:२३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी वैशाखमा परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जानकारी दिएको हो ।

परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ । त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१