पाँंचजना शिक्षक तथा कर्मचारीहरु सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०८०, मंगलवार ०६:२०

काठमाडौं। नेपाल इन्जिनियरिड कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको २९ औं वार्षिक उत्सव समारोहको अवसरमा सोमबार पाँंचजना व्यक्तिहरु सम्मानित भएका छन् । कलेजमा २० वर्ष सेवा अवधि पूरा गरेका एकजना पूर्व उपप्राचार्य दीपक धामी र चार जना कर्मचारी गरी कुल पाँंचजनालाई नगद, प्रमाणपत्र, दोसल्ला ओढाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा प्राध्यापकहरुमा धामी एकजना मात्रै थिए । कर्मचारीहरुतर्फ भने नारायण पराजुली, शैहला जोशी, विष्ण्ुावहादुर संग्रौला र प्रकाश कार्की रहेका थिए । उनीहरुलाई बागमति प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँंडेल, कलेल सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, वागमति प्रदेशका सांसद सुरेश श्रेष्ठलगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।

यसअघि कलेज सञ्चालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय दीपक भटराईको शालिकमा माल्यार्पण गरिएको थियो । संस्थापक अध्यक्ष भटराईको स्मरणमा कलेज परिसरमा उनको शालिक बनाइराखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१