बागमती प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय बन्यो नुवाकोटको पृथ्वी माध्यामिक विद्यालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०८०, मंगलवार ०६:२४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यामिक विद्यालय बाग्मति प्रदेशकै उत्कृष्ट विद्यालय घोषित भएको छ ।

गत वर्ष अर्थात २०७९ को एसइई परीक्षाको नतिजालाई आधार मानेर मुल्याङकन गर्दा पृथ्वी मावि बाग्मति प्रदेशकै उत्कृष्ट दोस्रो विद्यालय बन्न सफल भएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भित्रका १३ जिल्लाका झण्डै २ हजार सामुदायिक विद्यालयहरुको गतवर्षको एसइई परीक्षाको नतिजाको आधारमा पृथ्वी दोस्रो भएको हो । त्यस्तै भक्तपुरको मेधा मावि प्रथम, श्रम राष्ट्रिय मावि कुमारीगाल तेस्रो हुँदा पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु पाँचौं भएका छन् ।

बाग्मति प्रदेशको उत्कृष्ट पाँच विद्यालयमध्ये उपत्यका बाहिरको नुवाकोटको पृथ्वी मावि मात्र रहेको छ । पृथ्वी मावि प्रदेशकै उत्कृष्ट विद्यालय घोषित भएको भन्दै विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले यो उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने बताएका छन् ।

२०७९ को एसईइ परिक्षमा पृथ्वी मावि जिल्लाकै प्रथम भएको थियो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कृष्मा श्रेष्ठ र बन्दना पुडासैनीले ३.९५ जिपिए ल्याउन सफल भएका थिए ।

May be an image of text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१