चीन भ्रमणमा रहेका एमाले नेताहरुलाई विमानस्थलको विशिष्ट कक्षमा चिनियाँ अधिकारीको स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८०, सोमबार ०६:०८

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा मित्र राष्ट्र चीनको भ्रमणमा गएका नेपाली टोलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् ।

चीनको छोङछिङ पुगेका पोखरेल नेतृत्वको टोलीलाई विमानस्थलको विशिष्ट कक्षमा छोङछिङका म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ यीले चीनमा स्वागत गरेका भ्रमण दलका सदस्य राजेश राईले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएको टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने छ । भ्रमण टोलीमा महासचिव पोखरेलका अतिरिक्त प्रतिनिधि सभाका सांसदद्धय ज्वालाकुमारी साह र मानवीर राईलगायत रहेका छन् ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१