जया मल्टिपल क्याम्पसको कक्षा ११ को अभिमुखीकरण र क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०८०, सोमबार ०६:१६

काठमाडौं । काठमाडौं पूर्वी भेगको परिचित शैक्षिक क्षेत्रको धरोहर जया मल्टिपल क्याम्पसले शैक्षिक सत्र २०८० सालको कक्षा ११ काे स्वागत, अभिमुखिकरण तथा क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ ।

जया मल्टिपल कलेजले शनिवार ड्रिम हाउस व्याङ्क्वेटमा भव्य रुपमा अभिमुखिकरण तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको हो।

जया मल्टिपल क्याम्पसले एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेजको बारेमा जानकारी साथै विद्यार्थीहरुलाई कलेजको नियम तथा विभिन्न विषयगत जानकारी प्रदान गर्न कार्यक्रमको विशेष आयोजना गरिएको कलेजका प्राचार्य भवानी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

ड्रिम हाउस व्याङ्क्वेटमा आयोजित कार्यक्रममा जया मल्टिपल कलेजमा कक्षा ११ मा नँया भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण र क्यारियर काउन्सेलिङ रुपमा मोटिभेसनल रुपमा सोनुक भट्ट तथा सांगेति कार्यक्रमको रुपमा कुन्ति मोक्तान तथा लोक गायिका आशा विसीको विशेष उपस्थिति रहेको थियो ।

कलेजका प्राचार्य भवानी प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको काठमाडौं क्षेत्र नम्वर ३ का संघिय सांसद सन्तोष चालिसे लगायत क्याम्पसका संस्थापक सदस्यहरु कलेजका विभागिय प्रमुख लगायत अध्यापकहरुको तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कलेजका प्राचार्य पौडेले विद्यार्थीको करियर निर्माणमा उत्प्रेरित गर्दै नँया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुभएको थियो । उहाँले अब्बल जन शक्ति उत्पादन गर्न जया कलेज प्रतिवद्ध रहेको जानकारी गराउदै कलेजले विद्यार्थीलाई कितावी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापलाइ पनि प्राथमिकताकमा जोड दिने बताउनुभयो ।

जया मल्टिपल क्याम्पस काठमाडौैंको पूर्वी क्षेत्र गोकर्णेश्वर नगरपालिका ०८ माकलबारिमा रहेको छ । जया मल्टिपल कलेजले २०६१ सालबाट निरन्तर रुपमा काठमाडौंको पूर्वी भेगमा परिचय बनाउदै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको शैक्षिक संस्था हो । यस क्याम्पसले आफूलाई पूर्वी भेगमा परिचित बनाउदै, उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

हाल जया मल्टिपल क्याम्पसले मास्टर डिग्रीमा एमबीएस , स्नातक तहमा बीबीएस्, बीए, बीएसडब्लू, बीसीए, बीबीएम लगायतका कक्षा १२, ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालनमा गर्दै आएको छ । साथै कलेजले स्नातक तहमा बीसीए, बीबीएम, बीबीएस्, बीए,बीएसडब्लू, लगायतमा कार्यक्रममा राम्रो नतिजा दिदै आएको छ । उहाँले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना हुन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१