बुढानिलकण्ठमा प्र अ नियुक्ति प्रक्रिया स्थगित,के छ सर्वोच्चको आदेशमा ? (आदेश सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०८०, शुक्रबार ०६:१७

काठमाण्डौ । बुढानिलकण्ठका सामुदायिक विद्यालयमा प्र अ नियुक्ति प्रक्रिया स्थगित भएको छ। बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशलाई पालना गर्दै प्रक्रिया स्थगित भएको जानकारी दिएको छ ।

नगरपालिकाको शिक्षा ,खेलकुद तथा युवा महाशाखा प्रमुख ललित विक्रम सिंहले सुचना जारी गर्दै अर्को सुचना प्रकासित नभएसम्मका लागि सम्पूर्ण प्रक्रिया स्थगित भएको जानकारी दिएका छन ।

नगरपालिकाको सुचना :

 

बुढानिलकण्ठ नगरपालिकाले सामुदायिक विध्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अगाडी बढाए संगै हाल कार्यरत रहेका प्रधानाध्यापकहरु सर्वोच्च अदालत गएका थिए। उनीहरुले अन्तरिम आदेशको माग गर्दै दिएको रिट निवेदन उपर सुनुवाई गर्दै अदालतले प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१