हिन्दु राष्ट्र माग्‍दै रत्‍नपार्कमा आमरण अनसन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७१, बिहीबार ०५:४५

काठमाडौँ / १३ कार्तिक।  नेपाललाई हिन्दु राष्ट्र कायमै गर्नुपर्ने माग राखेर रत्नपार्कस्थित शान्तिवाटिकामा वैशाखदेखि रिले अनशन बसेका श्रीश्री निवासाचार्यले बुधबार आमरण अनशन थालेका छन्। सरकारले मंगलबार जबरजस्ती शान्टिवाटिकाबाट हटाएपछि उनले बुधबार आमरण अनशन घोषणा गरेका हुन्। निवासाचार्य काष्ठमण्डपमा अनशनमा बसेका छन्। 1604799_858306844193759_338803755581057590_n

‘प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेर राति रिहा गर्यो। त्यसयता मैले पानीसमेत पिएको छैन’, आमरण अनशन घोषणा गर्नुअघि शान्तिवाटिकाअगाडि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानमा नेपाल हिन्दु राष्ट्र नले ने हो भने ९० प्रतिशतभन्दा बढी हिन्दुले कहिल्यै शिर ठाडो पारेर हिँड्न सक्ने छैनौं, सरकारले बेलैमा ध्यान पु:याओस्।’

वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रीय सदस्य शोभा तिम्सिनाले सरकारले शान्त र सभ्य ढंगले अनशन बसेकालाई लखेटेर नामर्दपन देखाइरहेको बताइन्। उनले भनिन्, ‘सुतेको बाघलाई सरकारले चलाएको छ, जुन एकदम खतरनाक हुन्छ भन्ने बुझेको रहेनछ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१