अशोक राईको पार्टीलाई नयाँ दलको मान्यता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८१, सोमबार १७:१२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए।

आइतबार अशोक राईसहितका ७ जना सांसदले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेको बेलामा पार्टी विभाजन गर्ने प्रयास भएको हो ।

पार्टी विभाजनमा राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ । आयोगले नयाँ लको नाम जनता समाजादी पार्टी (जसपा) कायम गरिदिएको छ ।

नयाँ गठित पार्टीमा राजेन्द्र श्रेष्ठ संघीय परिषद्का अध्यक्ष छन् । अशोक राई अध्यक्ष, रेणुकुमारी यादव सहअध्यक्ष र मोहमद इस्तियाक राई महासचिव रहेका छन् ।

त्यस्तै सुशीला श्रेष्ठ, रणध्वज लिम्बु, परसुराम बस्नेत र नवलकिशोर साह उपाध्यक्ष रहँदा प्रदीप यादव उपमहासचिव, वीरेन्द्र महतो कोषाध्यक्ष, रञ्जु ठाकुर सचिव छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१