संसदीय समिति बनाउन जुट्यो सहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०८१, आईतवार ०५:१९

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको छ ।उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तापक्ष र प्रतिपक्षबीचको  बैठक उपलब्धिमूलक र सकारात्मक रहेको बताए । उनले भने, ‘समिति बनाएर जानुपर्छ भन्ने कुरा हो । त्यसमा सबै सहमत भएकै अवस्था छ । समितिको कार्यादेश के हुने भन्ने कुरामा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीति दलहरुका बीचमा समान धारणा बनेको छ ।’

संसदीय छानविन समिति बनाएर जानुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताए ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।सहमतिसँगै संसद्को गतिरोध अन्त्य हुने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१