गुल्मी समाज यु.के.को १५औं बार्षिक उत्सवमा गायक तिलक बस्नेतको सांगितीक प्रस्तुती रहने

evccfn@gmail.com' rastriyakhabar
१० श्रावण २०८०, बुधबार २१:३२

काठमाडौं । अगस्ट ६ तारिख आइतबार लन्डन फेल्थामको ‘ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजर सेन्टर’मा हुने गुल्मी समाज युके को गौरवमय १५ औ वार्षिक मेलामा आफ्नो सांगितीक प्रस्तुति दिन सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेत लण्डन जाने भएका छन् ।
माया पिरतिमा बैना मार्दिउकि ,रनभुल ,ब्रेकफेल ,गर्छु नमस्कार ,जाम सानु पोखरा फनफनीर बरिलै माइतिको आगन ,बरको छायाले ,रुरु रेशुङ्गा ,पन्चेबाजा लागयत दर्जनौ चर्चित गितहरु गाएका बस्नेत गुल्मी समाज यु.के.को निमन्त्रणमा त्यहाँ जान लागेका हुन् ।
गुल्मी जिल्ला समाज यूकेले वार्षिक रुपमा गर्दै आएको भेला सधैंजस्तै यसपटक पनि अगस्ट पहिलो साता १५ औं गुल्मेली भेला आयोजना भएको छ ।
कार्यक्रममा प्रस्तुति गर्न नेपालबाट गुल्मेली कलाकारद्वय गायक तिलक बस्नेत संगै गायिका पवित्रा सर्तुङे पनि जाने भएकी छन् ।
यही शुक्रबार जुलाई २८ तारिख साँझ गायक ,गायीका लन्डन पुग्ने कार्यतालिका रहेको छ ।
सो अवसरमा अहिले बेलायत भ्रमणमै रहेका अर्का गुल्मेली गायक सन्तु थापाले पनि सांगीतिक प्रस्तुति गर्नेछन् ।
कार्यक्रममा विगतमा जस्तै प्रथम नौमती बाजा गुल्मी यूके समूहको विशेष प्रस्तुति रहनेछ । त्यसबाहेक स्थानीय कलाकारका आकर्षक नृत्यहरुसंगै गुल्मेली झ्याउरे, लोकदोहोरी, भजन, तीजगीत, डिजे डान्सलगायतका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछ ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत सहित विभिन्न नेपाली संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिलाई अतिथिको रुपमा निम्त्याइएको छ ।
पछिल्लो धेरै वर्षसम्म लगातार अल्डरसटमा हुँदै आएको भेला यो वर्ष पहिलोपटक लन्डन फेल्थाममा हुन लागेको हो । कार्यक्रम संयोजन समाजका उपाध्यक्ष वरुण भण्डारीले गर्दैछन् ।
कार्यक्रममा सहभागिताका लागि समाजका अध्यक्ष बीर बलालले बेलायतवासी सम्पूर्ण गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुलाई आव्हान गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१