बालाजु बाइसधारा उद्दानको मुल गेटमा स्थानियको धर्ना कार्यक्रम किन?

evccfn@gmail.com' rastriyakhabar
९ श्रावण २०८०, मंगलवार २१:३३

काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं १६ (ल्हुति) बालाजु स्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र (ल्हुति) बालाजु बाइसधारा उद्दान स्थानियहरुलाई बेवास्ता गरि आफ्नै मनो मानि ढंगले संचालन गर्दा धार्मिक, सांस्कृतिक अतिक्रमण, भ्रष्टाचार तथा समुदाय बिरोधि कार्य भएको भन्दै स्थानियहरुले शान्तिपुर्ण धर्ना कार्यक्रमको घोषणा गरेका छन् ।
आज सामाजिक सन्जाल फेसबुक मार्फत कार्यक्रम सार्वजानिक गरिएको हो ।
धर्ना किन ? भन्ने बिषयमा आयोजक पक्षले पाँच बुँदामा आफ्ना धारणाहरु सार्वजानिक गरेको छ ।
सार्वजानिक गरेको धारणा जस्ताको तेस्तै
काठमाडौं महानगरपालिका वडा नं १६ (ल्हुति) बालाजु स्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र (ल्हुति) बालाजु बाइसधारा उद्दानको मुल गेटमा धर्ना कार्यक्रम किन??
काठमाडौं महानगरपालिका वडा नं १६ (ल्हुति) बालाजु स्थित (ल्हुति) बालाजु बाइसधारा क्षेत्र धार्मिक तथा साँस्कृतिक सहिष्णुताको दृष्टिले उदाहरणीय क्षेत्र हो । मुख्यतः हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको (ल्हुति) बालाजु बाइसधारा भित्र हुने विभिन्न खालका धार्मिक, सांस्कृतिक कृयाकलापहरु, जात्रा, पर्वहरु परापुर्वकाल देखि नै स्थानीयहरुले सामुहिक रुपमा मनाउदै आएको सर्वविदितै छ। तर, पछिल्लो समय काठमाडौं महानगरपालिका मातहत चल्ने (ल्हुति) बालाजु बाइसधारा उद्दानले गरेको निम्न अनुसारको धार्मिक, सांस्कृतिक अतिक्रमण, भ्रस्टाचार तथा समुदाय बिरोधि कार्यले, हामी स्थानीयहरुको ध्यानाकर्षण भएको छ।
१) धार्मिक तथा सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार सम्बन्धमा
नेपालको संविधान २०७२ ले प्रत्येक धार्मिक तथा सांस्कृतिक सम्प्रदायलाई धार्मिक तथा सांस्कृतिक सभ्यता, सम्पदा संरक्षण तथा जात्रा, पर्वहरु स्थानीयहरुलाई संचालन गर्ने हक तथा संवैधानिक अधिकार प्रदान गरेको छ । तर, काठमाडौं महानगरपालिकाले शदियौं देखि स्थानीयवासीले संचालन गर्दै आएको (ल्हुति पुन्ही) बालाजु बाइसधारा मेलालाई बिना छलफल कहिले महानगरका कर्मचारी, त कहिले वडा अध्यक्षलाई संयोजक बनाइ जात्रा पर्वहरुमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै, जात्रा, पर्वको लागि आएको रकम हिनामिना गर्दै संगठित भ्रष्टाचार गरेको छ । सोही बिषयमा कामपाका सम्बन्धित सबै निकायलाई सैयौंको संख्यामा स्थानीयहरुले हस्ताक्षर गरेर निवेदन दिदा पनि केही काम कार्वाही नभएको प्रती ध्यानाकर्षण गराउन ।
२) शितला माइ देविको सामुदायिक टहरा माथी अतिक्रमणस्
काठमाडौं महानगरपालिका अन्तर्गत रहेको ९ल्हुति० बालाजु बाइसधारा भित्र हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यहरुको लागि स्थानीयहरुले उपयोग गर्दै आएको शितला माइको सामुदायिक ट्रष्ट माथी अतिक्रमण गर्दै, परापुर्वकाल देखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक कार्यमा बाधाअड्चन खडा गर्ने काम गरेको प्रती ध्यानाकर्षण गराउन।
३) मन्दिर प्रवेशद्वार सम्बन्धमास्
काठमाडौं महानगरपालिकाको अस्तित्व हुनु भन्दा अगाडि नै बालाजु बाइसधारामा शितला माइ मन्दिर र रत्नचुडेश्वर मन्दिरहरु रहेको र उक्त क्षेत्रको पहिले देखि नै आफ्नो छुट्टै प्रवेशद्वार रहेकोमा अहिले बन्द गर्दै, पुजाआजा गर्न आउने भक्तजनहरुलाई पनि टिकट कात्नु पर्ने अवस्था सिर्जना भएको हुनाले, पुरानो मन्दिरको प्रवेशद्वार खोल्नको लागि ध्यानाकर्षण गराउन।
४) (ल्हुति) बालाजु बाइसधारा उद्दानले साझ ६ः३० बजे गेट बन्द गर्ने सम्बन्धमा
(ल्हुति) बालाजु बाइसधारा उद्दान बनाउन जग्गा, श्रमदान गर्ने स्थानीयवासीहरुको मर्म विपरित, उद्दान भित्र कैद मठमन्दिर, धर्म, संस्कृति जोगाउन गरिने पुजाआजामा असर पुग्ने साथै बिहान चिसोमा निस्किन गार्हो हुने वृद्धवृदार बालबच्चाहरु लगायत साझको समय स्वास्थ लाभको लागि हिडडुल गर्ने समयमा भएको गलत निर्णयको ध्यानाकर्षण गराउन ।
५) (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नति र पुरातात्त्विक सम्पदाको संरक्षण सम्बन्धमा
(ल्हुति) बालाजु बाइसधारा उद्दान आफैमा प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाले भरिपुर्ण क्षेत्र हो। तर, पछिल्लो समय प्राचीन स्मारक ऐन, पुरातत्व सम्बन्धी ऐनलाई बेवास्ता गर्दै, स्थानीयहरुको विरोधको वाबजुद सैयौं बर्ष पुरानो पोखरीहरुमा सिमेन्टले ढलान गर्दा पानीको प्राकृतिक मुहान सुक्न गै २२ धारामा पानी नआउने अवस्थामा पुगेको छ। यसर्थ, प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदा माथी भएको गैरकानुनी कार्य सच्चाउन र (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नती गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउन।
अन्तमास् ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र (ल्हुति) बालाजु बाइसधारा उद्दानमा भएको धार्मिक, सांस्कृतिक अतिक्रमण तथा आर्थिक, नैतिक भ्रष्टाचार विरुद्व सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा देहायको मिति, स्थान र समयमा सहभागिता जनाउन हार्दिक अपिल गर्दछौं।
आयोजक
बालाजु बाइसधारा संरक्षण संघर्ष समिती

 

 

 

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१