विदेश जाने सोचमा हुनुहुन्छ? यी हुन् विश्वमा धेरै तलब दिने देशहरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०८०, शुक्रबार ०५:४२

काठमाडौं । आकर्षित तलबका लागि रोजगारीमा विदेश जान लागेका मानिसहरू धेरै तलब दिने देशहरूको खोजि गरिरहेका हुन्छन्। रोजगारीका लागि विदेश जाने मानिसहरू राम्रो तलब सुविधा दिने देशहरूमा जानका लागि इच्छुक रहेका हुन्छन्।

आज हामी विश्वमा धेरै कामदारहरूलाई तलब सुविधा दिने देशहरूको बारेमा संक्षिप्तमा जानकारी दिइरहेका छौं।

अस्ट्रिया
अस्ट्रिया मध्य युरोप रहेको सानो देश हो। यो देश हरेको व्यक्तिको जीवन गुणस्तर र सुरक्षा को मामिलामा एक उत्तम देश हो। अस्ट्रियामा कर्मचारीहरूको औसत तलब पनि धेरै उच्च छ। यहाँ वार्षिक तलब लगभग ५० हजार डलर रहेको छ।

नर्वे
विशेषगरी प्राकृतिक दृश्यका लागि परिचित नर्वे आफ्ना कर्मचारीहरूलाई सबैभन्दा बढी तलब दिनेको देशका लागि परिचित छ। यस देशमा वार्षिक तलब ५१ हजार डलर‍ छ।

बेल्जियम
युरोपमा अवस्थित बेल्जियममा कर्मचारीको तलब निकै उच्च छ। यहाँको औसत वार्षिक तलब ५२ हजार डलर छ।

अष्ट्रेलिया
अष्ट्रेलिया सुन्दर समुद्र तट र विषालु सर्पहरूको लागि परिचित एक आर्थिक शक्ति हाउस पनि हो। यो देशमा कर्मचारीको औसत वार्षिक तलब ५३ हजार डलर छ।

नेदरल्याण्ड
युरोपमा रहेको नेदरल्याण्डमा औसत वार्षिक तलब ५४ हजार डलर छ। यस देशको राजधानी एम्स्टर्डमलाई विश्वमा ग्लोबल सिटी भनेर चिनिन्छ।

लक्जमबर्ग
लक्जमबर्ग पश्चिमी युरोपमा अवस्थित सानो देश हो। यहाँ कर्मचारीहरूले औसत वार्षिक ६५ हजार डलर पाउँछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१