बालाजु बाईसधारा जात्रामा भएको आर्थिक अनियमितता र सांस्कृतिक हस्तक्षेप बिरुद्ध परेको निवेदन माथि काठमाडौं महानगरपालिाकाको एक्सन शुरु

evccfn@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८०, बिहीबार ०६:५४

काठमाडौं । कामपा १६ ल्हुती पुन्ही बालाजु बाइसधारा मेलामा भएको सांस्कृतिक अतिक्रमण तथा आर्थिक अनियमितताको बिषयमा बालाजुक्षेत्रका स्थानिय बासिन्दाहरुले निवेदन दिएपछि काठमाडौं महानगरपालिकाले यो बिषयमा छानबिन प्रकृया अगाडी बढाएको छ । एक समितिनै बनाएर यो कार्यलाई अगाडी बढाएको हो ।
बालाजुका स्थानिय तथा प्रगतिशिल नागरिक मञ्चका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले शुरुमा आफ्नो फेसबुक मार्फत यहाँभएको सांस्कृतिक र आर्थिक अनियमितताको बारेमा लेखेपछि काठमाडौं महानगरपालिकाबाट सचिवालय मार्फत सत्य तथ्य बुझ्न सचिवालय सदस्य नवीन भण्डारीसंग टेलिफोन वार्ता पछि भेटघाट समेत भएर स्थितिको बारेमा बृहत छलफल भएको थियो ।
फेरी यो बिषय ओझेलमा पर्ने डरले स्थानिय बासिन्दा तथा बुद्धिजीविहरुले महानगरपालिकालाई झक्झकाउन थाले पछि महानगरले पनि यस्लाई गम्भिरताको साथ लिएको छ ।
सांस्कृतिक र आर्थिक अनियमितताको बिरुद्ध आवज उठ्न थालेपछि काठमाडौं महानगरपालिकाले यो घटनाको बारेमा एक अधिकार सम्पन्न समिति बनाएर सत्य सत्थ्य सहितको प्रतिवेदन तयारगर्न छानबिन समिति बनाएको हो ।
कामपा १६ ल्हुती पुन्ही बालाजु बाइसधारा मेलामा हुने सबै गतिबिधिले हाम्रो संस्कतिमाथि प्रहार गरेको भन्दै स्थानियहरु आक्रोशित बनेका थिए ।
बालाजु क्षेत्रमाहुने हरेक कृयाकलाप र कार्यक्रमहरुमा सिमित ब्यक्तिहरुको मिलेमतोमा विज्ञापनमा समेत कोकाकोलाको एकाधिकार र सिन्डिकेट लगाएको झैं देखिएपछि यसको बिरुद्ध समेत स्थानियहरुले काठमाडौं महानगरमा गुनासो गरेपछि बालाजुको बिभिन्न ठाउँबाट कोकाकोलाको विज्ञापन बोर्ड हटाईएको थियो ।
स्थानिय संस्कृति तथा यहाँको भुगोलमाथि बाह्य हस्तक्षेप भए शसक्त आन्दोलन गर्न तयार रहेको प्रगतिशिल नागरिक मञ्चका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१