अनलाइन ठगीको सिकार बनिन् बलिउड अभिनेत्री ‘सनी लियोनी’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८०, सोमबार ०६:२७

बलिउड अभिनेत्री सनी लियोनी जहिल्यै आफ्नो हटनेसका कारण चर्चामा आउँछिन् । तर यसपटक उनी हटनेस नभई ठगीको सिकार बनेको समाचारले चर्चामा छिन् । भारतमा अनलाइनका माध्यमबाट ठगी गर्ने चलन बढिरहेको बेला यी अभिनेत्री पनि यसबाट पीडित बनिन् ।

अभिनेत्रीले आफ्नो प्यान कार्डको प्रयोग गरेर कसैले ऋण लिएको दाबी गरेकी छन् । उनले ट्विटरमा ट्विट गर्दै यो कुराको जानकारी दिएकी हुन् ।

‘मेरो प्यान कार्डको प्रयोग गरेर धनी एपबाट ऋण लिएको पाइएको छ। यो ऋणको रकम दुई हजार रुपैंयाँ छ। जसकारण मेरो सिबिल स्कोर कम भएको छ’, उनले लेखेकी छन् । उनले ट्विटरमा धनी एपको व्यवस्थापन हेर्ने इन्डिया बुल्स होम लोन र इण्डिया बुल्स सेक्युरिटीलाई पनि ट्याग गरेकी छन्।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१