घनश्याम भूसाल एकीकृत समाजावादीमा प्रवेश गर्दै

suman100@gmail.com' suman basnet
२६ पुष २०७९, मंगलवार १२:२२

नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का सबैजसो नेतारकार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाएको तत्परता सकारात्मक रहेको भूसालले बताएका छन् ।

उनले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ समेत तयार पारेका छन् । गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भूसाल पार्टी महासचिवको जिम्मेवारीसहित केही दिनपछि पार्टी प्रवेश गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१