आज दिउँसो १ बजे सर्वदलीय बैठक बस्दै

suman100@gmail.com' suman basnet
२२ पुष २०७९, शुक्रबार १०:३३

प्रतिनिधिसभाको पहिलो बैठक एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बस्दैछ । ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले दिउँसो १ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका हुन् ।बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधि र स्वतन्त्र सांसदहरूलाई बोलाइएको छ ।

बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको छ ।

निर्वाचन भएर गठन भएको नयाँ संसद्मा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ । गएको निर्वाचनपछि संसद्को पहिलो बैठक यही पुस २५ गते बस्दै छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१