कर्मचारी तत्काल हेरफेर नगर्ने अर्थमन्त्रीको आश्वासन

suman100@gmail.com' suman basnet
१८ पुष २०७९, सोमबार १५:०२

अर्थमन्त्री  विष्णु पौडेलले  कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो।

अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै आफूले कर्मचारीको कुनै वाद नहेर्ने र काम हेरेर मात्र निर्णय लिने आश्वासन दिएको मन्त्रालयका एक सहसचिवले बताएका छन् ।ती सहसचिवले भने, ‘मन्त्रीले तत्काल कुनै निर्णय नलिने तर कामको अवस्था हेरेर निर्णय गर्छु भन्नु भएको छ । यसो हुँदा केही समय कर्मचारीको काम हेर्लान् । अहिले नै कुनै कर्मचारीको सरुवा हुने देखिएको छैन ।’

समान्यतया मन्त्रालयमा मन्त्री फेरीएसँगै कर्मचारीको व्यापक हेरफेर हुदै आएको छ । विशेष गरी मन्त्रीले आफूलाई सहज हुने सचिव तथा सहसचिव ल्याउने र भइरहेकालाई अन्त पठाउने नेपालको अभ्यास पुरानै हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१