बीसीए कप २०२२ को फर्स्ट रनर अपको उपाधी जया मल्टिपल क्याम्पसले प्राप्त

suman100@gmail.com' suman basnet
१८ पुष २०७९, सोमबार ११:३७

जया मल्टिपल क्याम्पस बीसीए कप २०२२ फर्स्ट रनर अप बन्न सफल भएको छ । डीएभी कलेज ललितपुरले आयोजना गरेको बीसीए कप २०२२ मा जय मल्टिपल फर्स्ट रनर अप भएको हो । प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३२ कलेजहरुले सहभागिता रहेको थिए ।

उक्त प्रतियोगितामा जया मल्टिपल क्याम्पस-गोकर्णेश्वर काठमाडौले फस्ट रनर अप बन्दै उपाधी सहित नगद रु- ५० हजार प्राप्त गर्न सफल भएको छ ।

विजयी टिमलाई कलेज आज एक कार्यक्रम मार्फत सम्पूर्ण खेलाडी,कोच र अफिसियलहरुलाई कलेज प्राङ्गगणमा बिशेष कार्यक्रमको आयोजना गरी बधाई जया मल्टिपल क्याम्पस काठमाडौैंको पूर्वी क्षेत्र गोकर्णेश्वर नगरपालिका-८ माकलबारिमा रहेको छ ।

कलेजका प्राचार्य भवानी प्रसाद पौडेल खेलमा विजयी खेलाडीलाई बधाई दिदै भन्नुभयो, कलेजले सधै अब्बल बन्न प्रेरित गराउने वातावरण सिर्जना गरेको छ । विद्यार्थीहरुको शैक्षिक संगै मात्रै होइन अतिरिक्त क्रियाकलपमा समेत ध्यानमा राख्दै खेलकुदमापनि त्यतिकै जोड दिदै आएको छौ ।

हाल जया मल्टिपल क्याम्पसले मास्टर डिग्रीमा एमबीएस , स्नातक तहमा बीबीएस्, बीए,बीएसडब्लू, बीसीए, बीबीएम लगायतका कक्षा १२, ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालनमा गर्दै आएको जया मल्टिपल क्याम्पसका प्राचार्य पौडेलले निगरानी दैनिकलाई बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१