काठमाडौँ । ह्याम्स अस्पताल धुम्बाराही द्वारा बुढानिलकण्ठ नगरपालिका वडा ९ संगको सहकार्यमा वडा कार्यालयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
बिहिबार बुढानिलकण्ठ नगरपालिकाको वडा नं ९ मा ह्याम्स अस्पतालका चिकित्सकहरू द्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो। बिहान १० : ३० बजे बाट संचालन भएको उक्त शिविरमा ७० भन्दा बढि बृध्द बृध्दाहरूले नि:शुल्क जनरल फिजिसियन परामर्श सेवा संगै सुगर जाँच गराउन पाउँदा खुशी ब्यक्त गरेका थिए । नि:शुल्क स्वस्थ्य जाँच तथा आवश्यक परेका बिरामीलाई औषधी समेत निशुल्क प्रदान गरिएको वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले बताइन ।
ह्याम्स अस्पतालले बेला बेलामा वडामा स्वास्थ्य सिबिर राखेर वडाबासीलाई निशुल्क स्वास्थ्य जाच गर्ने गरेको अध्यक्ष त्रिपाठीले जानकारी गराउनुभयो । ह्याम्स अस्पताल लगायतको टोलीले निशुल्क सेवा प्रदान गरेकामा वडा अध्यक्ष त्रिपाठीले अस्पताल परिवारलाइ धन्यबाद दिएको थिइन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को संयुक्त आयोजनामा २०८०/८१ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको अवसरमा वडाका बृध्द बृध्दाहरूलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य शिविर गर्न पाउदा अस्पताल परिवार खुसि भएको जानकारी गराउदै आगामी दिनमा पनि यो कार्यक्रम निरन्तर गर्ने अस्पतालले जनाएको छ ।
ह्याम्स अस्पतालले सामाजिक दायित्व अन्तरगत रहेर बिभिन्न समयमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य शिविर विभिन्न स्थानमा संचालन गर्दै आइरहेको छ।
प्रतिक्रिया