गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीसहित ६ जना उपसचिव हेरफेर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८१, शुक्रबार ०५:२९

काठमाडौं । विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका कर्मचारीसहित ६ जना उपसचिवको सरुवा गरेको हो ।

जसमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको जनकपुरधाम उपमहानगरपालिकामा सरुवा भएको छ भने जनकपुरधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको सिन्धुलीको कमलामाई नगरपालिकामा सरुवा भएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका उपसचिव राजमणि निरौलाको उदयपुरको कटारी नगरपालिकामा सरुवा हुदाँ बर्दियाको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत उपसचिव दशरथ बुढाको बर्दियाको राजापुर नगरपालिकामा सरुवा हुदाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव केशवप्रसाद उपाध्यायको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१