भ्रामक र तथ्यविहिन सूचना सम्प्रेषण नगर्न गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख रिसालको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८१, शुक्रबार ०५:४१

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले भ्रामक र तथ्यविहिन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । नगरपालिकाको आर्थिक अनुदानमा कोल्ड स्टोर सञ्चालन गरेको सम्वन्धमा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गरिएको भन्दै मेयर रिसालले सो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा सो सम्वन्धमा पोष्ट गर्दै मेयर रिसालले बजारमा अनावश्यक रुपमा विभिन्न तरिकाले भ्रम फैलाउने गरेको कुरामा सचेत रहन समेत आग्रह गरेका छन् । गलत सूचनाले जनतामा नकारात्मक प्रभाव पर्ने प्रति सचेत गराउँदै रिसाललले प्रमाण चाहिएमा गोकर्णेश्वर नगरपालिकामा बुझ्न आउन आग्रह गरेका छन् ।

नगर प्रमुख रिसालले सामाजिक सञ्जालमा पोष्ट गर्दै- “भ्रमक र तथ्याविहिन सूचना सम्परेषण नगरौं, असत्य र गलत सूचनाको पछि नलागौ । युवा स्वरोजगारलाई प्रोत्साहान गर्ने बानी बसालौं ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को उत्तरबाहिनी चोक नजिक रहेको भैरव फ्रेस हाउस एण्ड सप्लायर्सलाई गोकर्णेश्वर नगरपालिकाले ४० लाख दिएको भनेर गलत र भ्रमक सूचना प्रकाशन गरेर स्थानीय जनता माझ भ्रम फैलाउने गरेको पाइएको छ । यो कार्यक्रम आ।व ७९–८० को संघिय सरकारबाट प्रदान गरिएको (शसर्त अनुदान) संघीय सरकारको कार्यक्रम हो । जसमा २९ लाख ७० हजार रहेको र स्वयं व्यक्तिले ६९ लाख खर्च गरी सञ्चालन गरेको हो । यसमा नगरपालिकाले कुनै रकम प्रदान गरेको छैन ।

बजारमा आएका यस्ता अनावश्यक विकास विरोधी ब्यक्तिहरुले नगरपालिकाको बद्नाम गर्न विभिन्न तरिकाले भ्रम फैलाउने गरेको कुरामा सचेत रहनु होला । केही गलत सूचना प्रकाशन गर्नु भन्दा पहिला र नकारात्मक टिप्पणी गर्नु भन्दा पहिला सम्बन्धित निकायमा बुझेर मात्र सम्प्रेषण गर्ने गरौं । यस्ता गलत सूचनाले जनतामा नकारात्मक प्रभाव पर्न सक्छ । यदि प्रमाण चाहिएमा गोकर्णेश्वर नगरपालिकामा बुझ्न आउनु होला” भनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१