यलम्बर कप ब्याडमिन्टन च्याम्पियनसिप माघ १ देखि

suman100@gmail.com' suman basnet
१२ पुष २०७९, मंगलवार १५:५०

तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा पहिलो साता आयोजना हुने भएको छ ।

नखिपोट युथ क्लब ९ब्याडमिन्टन सर्कल०ले सोमबार सुम्निमा तपोखिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जनाएको छ । तियोगितामा मेन्स ओपन डबल्स (शीर्ष २० वरीयता बाहेक), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि), भेट्रान्स डबल्स (४५ वर्षमाथि), मेडियम भेट्रान्स डबल्स (३५ वर्षमाथि), महिला एकल (शीर्ष २० वरीयता बाहेक) र पुरुष एकल (१९ वर्षमुनि शीर्ष २० वरीयता बाहेक) इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

नखिपोट युवा क्लबको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् । सुपर भेट्रान्स डबल्सको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् । भेट्रान्स डबल्स र मेडियम भेट्रान्स डबल्सको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् ।

महिला एकलतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गर्दा पुरुष एकलको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रोले २० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राईले जानकारी दिए ।

अध्यक्ष राईले पहिलो किराँत कालिन राजा यलम्बरलाई विश्वमा चिनाउन साथै खेलकुदको माध्यमबाट स्वस्थ्य समाज निर्माण र खराब संगत र कुलतबाट युवाहरुलाई जोगाई सभ्य समाज निर्माण गर्न सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराए ।

प्रतियोगिताको अनुमानित बजेट कुल १९ लाख १० हजार रूपैयाँ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१