पोल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वार्टर फाइनलमा

suman100@gmail.com' suman basnet
१९ मंसिर २०७९, सोमबार १२:३८

साविक विजेता फ्रान्स विश्वकप फुटबलको क्वार्टर फाइनल प्रवेश गरेको छ।

अन्तिम १६ अन्तर्गत गएराति कतारको ल थुमामा स्टेडियममा भएको खेलमा पोल्याण्डलाई ३–१ ले हराउँदै फ्रान्स अन्तिम आठमा पुगेको हो।

खेलमा फ्रान्सका लागि केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे। पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए।

खेलको ४४ औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई एक गोलको अग्रता दिलाए। ७४ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता  दिलाए।

खेलको इन्जुरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए। इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे।

फ्रान्ससँग पराजित भएसँग पोल्याण्ड विश्वकप फुटबलबाट बाहिरिएको छ। क्वार्टर फाइनलमा फ्रान्सले इंग्ल्याण्डसँग खेल्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१