टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८१, शुक्रबार ०५:१९

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले सांसद एवम नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा सर्वोच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको हो ।

बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनीहरूलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो ।

थुनामै रहनेमा तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१