स्पेन र जर्मनी आज आमनेसामने हुने

suman100@gmail.com' suman basnet
११ मंसिर २०७९, आईतवार १३:०६

गत अप्रिलमा विश्वकप फुटबलको ड्र हुँदा जर्मनी र स्पेन एकै समूहमा परेका थिए।

त्यसपछि यी दुई बीचको भिडन्तलाई विश्वकपमा समूह चरणको सबैभन्दा ठूलो खेलका रूपमा लिइएको थियो। यी दुई विश्व च्याम्पियन र उपाधि दाबेदारबीचको सो प्रतीक्षित खेल आज कतारको अल बायात रङ्गशालामा हुँदैछ। यी दुईबीचको खेल आज राति पौने १ बजे सुरु हुनेछ।

यस विश्वकपमा यी दुई टिमको पहिलो खेलमा प्रदर्शनमा भने आकाश जमिनको फरक छ। चार पटकको विश्वविजेता जर्मनी आफ्नो पहिलो खेलमा एसियाली टिम जापानसँग २–१ ले स्तब्ध भयो।

स्पेनको युवा टिम भने टिकिटिका खेल शैलीलाई पुनः ब्युँताउँदै कोस्टारिकालाई ७–० ले हराएर जर्मनीविरुद्ध खेल्दै छ। त्यसैले स्पेनविरुद्ध अनुकूल नतिजा नआएमा जर्मनी लगातार दोस्रो पटक विश्वकपमा समूह चरणबाट बिदा हुने सम्भावना बलियो बनेको छ।

दुई वर्षअघि नेसन्स लिगमा यी दुईबीच भएको खेलमा स्पेनले जर्मनीलाई ६–० ले हराएको थियो। विश्वकपमा यी दुई टिमबीच अहिलेसम्म चार पटक भिडन्त भएको छ। जसमध्ये पछिल्लो खेल सन् २०१० मा खेल्दा स्पेन १–० ले विजयी भएको थियो।

सन् १९८८ मा भएको युरोपेली च्याम्पियनसिपपछि जर्मनीसँग स्पेन अफिसियल प्रतियोगितामा हारेको छ। यसबीच यी दुई टिमबीचको भिडन्तमा स्पेनले तीन जित र दुई बराबरीमा खेलेको थियो। त्यसैले पनि जर्मनी थप दबाबमा छ। जर्मनीले स्पेनलाई पछिल्लो पटक आठ वर्षअघि हराएको थियो।

‘पहिलो खेलको नतिजाले आफ्नो टिमको मनोबल उच्च पारेको तर जित्नैपर्ने बाध्यतामा रहेको जर्मनी खतरनाक बन्न सक्छ,’ स्पेनका प्रशिक्षक लुइस इनरिकेको भनाइ छ।

स्पेनविरुद्धको खेलमा जर्मनीका विन्गर लेरोइ साने मैदानमा फर्कने सम्भावना रहेको छ। जापानविरुद्धको खेल उनले घुँडाको चोटका कारण खेलेका थिएनन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१