भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७९, शुक्रबार ०५:५१

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए ।

नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र राय यादवलगायत नेताहरु छन् ।

कम्युनिस्ट पार्टी छाडेर नयाँ राजनीतिक मार्गमा हिंडेका भट्टराईले विगतमा नयाँ शक्ति पार्टी खोलेका थिए । उक्त पार्टी संघीय समाजवादी फोरमसँग एकीकरणपछि संघीय समाजवादी पार्टी बनेको थियो । पछि राष्ट्रिय जनता पार्टीसँग एकीकरण भई जनता समाजवादी पार्टी बन्यो । बाबुराम जसपाबाट अलग भए ।

कुनैबेला जनमोर्चामा रहेका बाबुराम माओवादी जनयुद्धमा लागेका थिए । यसरी उनले सातौं पार्टीमा आफूलाई संलग्न गराइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१