मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?

evccfn@gmail.com' rastriyakhabar
८ असार २०७९, बुधबार २०:५५

सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै मात्र उमेर पुगेका नागरिकका लागि यही असार १ गतेदेखि जिल्ला निर्वाचन आयोगले नाम दर्ता गरिरहेको छ ।

१८ वर्ष पुगेका नेपाली नागरिकले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट हाल्न पाउनेछन् ।

नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

 

नाम दर्ता गर्न, विवरणमा रहेका गल्ती सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बिन्धत निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

साथै, आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेकाहरूले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने आयोगको भनाइ छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?

– नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।

– नागरिकतामा उल्लेख भएको स्थायी ठेगानाभन्दा फरक ठेगानामा नाम समावेश गर्न चाहेमा विवाह भई आएकोमा विवाह दर्ता र नाम दर्ता गर्न चाहेको स्थानमा बसाइँ सरी आएकोमा बसाइसराइ प्रमाणपत्र ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१