बैदेशिक रोजगारीको क्षेत्रमा ठगी : प्रहरी द्वारा आरोपित पक्राउ

evccfn@gmail.com' rastriyakhabar
१ असार २०७९, बुधबार २२:१५

दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं। दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका  मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिफलस्थित भिजन मल्टिपर्पोज प्रा.लि.का संचालक कार्कीले दुबई (युएई)मा जानको लागि ७ लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट ७ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ

पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ एवं हवाई टिकटको लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको हो ।

साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१