गोकर्णेश्वरमा प्रथम साउथ एसियन लाठी प्रतियोगिता तथा चौथो इन्डो नेपाल कराते प्रतियोगिता २०२२ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७९, मंगलवार ०५:४६

काठमाडौँ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराको साथ प्रथम साउथ एसियन लाठी प्रतियोगिता तथा चौथो इन्डो नेपाल कराते प्रतियोगिता२०२२ सम्पन्न भएको छ ।

 

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा मोल सोतोकान कराते डो फेडिरेसन नेपाल एफिलेटेड टु वर्ल्ड शोतोकान कराते यु एस ए र लाठी फेडरेसन नेपालको आयोजनामा यहि जेठ १४ गते तदनुसार २८ मे २०२२का दिन गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित शंखडोल करांते एकेडेमीको हलमा भएको उक्त प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, मित्र राष्ट्र भारतका सुबाश मोहिते, मोहमद रफि शेख, अजय शाह, तोयाकान वादोरियो करते डो संघ नेपालका प्रमुख प्रशिक्षक अरुण कुमार कार्की, शंखडोल कराते एकेडेमीका अध्यक्ष शिवराम कारंजित, तोयाकान वादोरियो करते डो संघ नेपालका मनिष तामाङ , केशर सुब्बा, प्रशिक्षक रंजन कुमार सापकोटा, सुयोग सिग्देल, लर्डस लाइट एकेडमीका प्रिन्सिपल निराजन आचार्य, , लगायत खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथिले खेल सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा तोयाकान वादोरियो करते डो संघ नेपालका मनिष तामाङले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए। कार्यक्रममा वडा अध्यक्षहरुको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले आयोजकलाइ धन्यबाद दिदै स्वस्थ शरीरको लागि खेलकुद आवश्यक रहेको बताएका थिए। उनले खेल बाट नै खेलाडीले राष्ट्रको नाम बिश्व सामुने चिनाउन सक्ने हुँदा नगरपालिकाले खेलकुदलाइ प्राथमिकतामा राखेर खेल गतिबिधि अगाडी बढाउदै आएको बताएका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसालले आयोजकलाइ धन्यवाद दिदै शारीरिक र मानसिक रुपमा स्वस्थ रहन खेलकुद आवश्यक रहेको बताएका थिए । उनले मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्ययक रहेको बताउदै खेल देशको प्रतिष्ठा संग मात्र नभएर मानसिक स्वास्थ्य सँग गासिएको क्षेत्र भएको बताए । उनले इन्डो नेपाल खेलकुद प्रतियोगिताले दुइ देश बीच आपसी मित्रता प्रगाढ बनाउने माध्यम भएको हुँदा यस्ता कार्यक्रमलाइ नगरले प्राथमिकतमा राख्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१