चौतर्फी निर्णय पारित गदै नेपाल आदिवासी जनजाति महासंघ मलेशियाको नियमित बैठक सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७१, सोमबार १०:५९

प्रदिप राई

क्वालालम्पुर मलेसिया। नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले चौतर्फी निर्णय पारित गदै आफ्नो मासिक वैठक सम्पन्न गरेको छ । हिमालयन रेस्टुरेन्टको सभाहल क्वालालम्पुरमा आज आईतवार बसेको बैठकले विभिन्न गहन निर्णय सार्वजनिक गरेको छ । बैठकले नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको दोस्रो अधिवेशन मार्च २०१५ मा गर्ने,अधिवेशन आउँन एक महिना अगाडि हजार जना सम्मलाई सदस्यता वितरण गर्ने,फ्रेव्रअरी २०१५ भित्र क्षेत्रिय तथा ईकाई कमिटीहरुको अधिवेशन गरिने,महासंघमा आवद्ध रहेका अन्य संस्थालाई हौसला बढाउँने कार्यक्रमहरुको आयोजना गर्ने र स्थापना नभएका संस्थालाई स्थापनाको लागि सहयोग गर्ने निर्णय पारित गरेको हो । महासँघका अध्यक्ष सुन्दर आलेको अध्यक्षतामा सम्पन्न बैठकले महासंघको रिक्त रहेको पदहरुमा समेत जिम्मेवारी हेरफेर गरेको छ । उपाध्यक्षमा आगम तमू, दिपक तामाङ र अमृत लिम्वूलाई चयन गरिएको छ । कोषाध्यक्षमा केश तमू,सहकोषाध्यक्षमा अमृत घिसिङ चुनिनु भएको छ । प्रदिप राई,मोहन थेवे र शेर तामाङलाई नयाँ सदस्यमा चयन गदै मलेसियामा कार्यरत आदिवासी समुदायका प्रतिनिधी र विभिन्न जातिय संस्थाका प्रमुखलाई सदस्यमा राखिने वैठकले निर्णय गरेको छ ।

बृहत आदिबासी जनजातिहरु उपस्थिति रहेको बैठकले नेपालीहरुको महानपर्व दिपावलीमा मलेसियाको विभिन्न शहरमा देउसी तथा दिपावली शुभकामना कार्यक्रमको आयोजना गरिने समेत जनाएको छ । भाग्यशाली उपहार योजना राख्दै गत वर्षजस्तै महासंघले दिपावली साँझलाई यसपटक पनि भव्यताको साथ मनाउन लागीएको महासँघका अध्यक्ष सुन्दर आलेले बताउनुभयो । झण्डै ८ लाख नेपाली रहेको मलेसियामा विभिन्न चाडपर्वमा कार्यक्रमको आयोजन गरी नेपालीहरुले मलेसियाका प्रमुख शहरहरु नेपालजस्तै रङ्गीचङ्गी बनाउने गर्दछन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१