राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको बैठकमा पेस हुने

ssapana44@gmail.com' jamuna aryal
७ माघ २०७५, सोमबार ०९:३२

काठमाण्डौ – राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको सोमबारको बैठकमा पेस हुने भएको छ । विधेयकमा आफूसँग सरकारले गरेका सहमति नसमेटिएको भन्दै डाक्टर गोविन्द केसी १३ दिनदेखि अनसनमा बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो ।

आजको बैठकमा विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरेको हो । छलफल पछि सोमबार नै विधेयक पारित गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी रहे पनि टुंगो भने लागिनसकेको संसद सचिवालय श्रोतले जनाएको छ ।

विपक्षी दल नेपाली कांग्रेसले विधेयक पारित गर्न खोजिए संसद बैठक अवरोध गर्ने जनाएको छ । कांग्रेसका मुख्य सचेतक वालकृष्ण खाँडले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेका दुईवटा अस्पताललाई संघीय सरकारको मातहतबाट हटाउने तयारी भइरहेको र डाक्टर केसीसँगको सहमति विपरित तयार पारिएको चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिए संसद बैठक अवरुद्ध गर्ने बताउनुभयो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१