घरमै बसेर वीर अस्पतालको टिकट काट्न पाइने

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १५:२०

काठमाडौं देशकै जेठो वीर अस्पतालमा रंग रोगन गरिएपछि अस्पतालको स्वरुप फेरिएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको सक्रियतामा गत जेठ महिनादेखि वीर अस्पतालको स्वरुप फेरिएको हो ।

अस्पताल नयाँ रंगले चम्किएको छ, भर्‍याङहरु नयाँ भएका छन्, शौचालय, बाटोहरु सफा छन् । रंगरोगनले अस्पताल नयाँ देखिएको भएपनि सेवा दिने तरिका पुरानै भएको भन्दै सेवाग्राही खिन्न बन्ने गरेका छन् ।

विहान ८ बज्नुअघि नै बिरामीहरु  टोकन लिन लामबद्ध बनिसकेका हुन्छन् । टोकन लिने समयमा कहिलेकाही त तछाडमछाड नै चल्ने गर्छ ।  

विभिन्न किसिमका स्वास्थ्य समस्या लिएर देशभरबाट आउने बिरामीहरु टोकन लिन मात्रै होइन,  टिकट लिन, चिकित्सकलाई आफ्नो समस्या देखाउन र औषधि किन्ने ठाउँसम्म लाइन बसेर पालो कुर्नुपर्छ । 

अस्पलातमा बिरामीको संख्या अत्याधिकहुँदा बिरामीहरुले लाइन बसेर मात्रै सेवा लिनुपर्ने अवस्था रहेको वीर अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेत बताउँछन् । 
तर वीर अस्पतालमा सेवा लिन जानेहरुले यो समस्याबाट मुक्ति पाउने भएका छन् । 

बिरामीले घण्टौंसम्म लाइनमा बसेर उपचार गराउनुपर्ने बाध्यतालाई वीर अस्पतालले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

बिरामीले घरमै बसेर टिकट बुक गरी चिकित्सकको समय लिएर लाइन नबसी उपचार सेवा लिन पाउँने व्यवस्था गर्न लागिएको अस्पतालका निमित्त निर्देशक डा. बस्नेतले बताए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१