जमराको जुसबाट जिवनदान पाएँ : सिता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७५, बिहीबार ११:३८
 सिता भट्टराइ

२०५३ सालको कुरा हो । हङ्ककङमा काम गर्ने सीता भट्टराई नराम्ररी बिरामी भइन् । टाउको टनटन दुख्ने, कमजोरी महसुस हुने र रिङ्गटा लाग्ने हुुन थाल्यो । जचाउँन जाँदा रगतको कमी देखिएपछि उनले रगत बढाउने औषधि खान थालिन् ।
आजभन्दा १९ वर्षअघि ‘एनिमिया’ रोगले ग्रसित उनको गर्भावस्थाका बेला छातीको क्षयरोग देखाप¥यो । त्यतिबेला उनको शरीरको तौल अस्वाभाविक तरिकाले बढ्न थाल्यो । डाक्टरलाई जचाउँदा छातीमा टिबि भएको अनुमान गरी ६ महिनाको औषधि दिए । तर औषधिले तौल घट्नुको सट्टा झन्झन् बढेर ८९ केजी पुग्यो ।
लामो समयसम्म क्षयरोगको औषधी सेवन गरिरहेकी उनलाई औषधीको साइड ईफेक्ट देखा पर्न थाल्यो । एनिमिया र क्षयरोगको उपचार गरिरहेकी उनी फेरि थाइराइडले ग्रसित भईन् । उपचारका लागि विभिन्न अस्पताल धाइन् । तर, नेपालका कुनै पनि अस्पतालले उनको समस्या समाधान गर्न सकेनन् ।
तौल बढी भएकै कारण बच्चा जन्माउन नसकेपछि अपरेसन गर्नुपर्यो । अपरेसनबाट छोरा जन्माएकी सीतालाई छोराभन्दा जेठो भएर जन्मिएको रोगले छाडेन । छोरो तीन वर्षको भएपछि क्यान्सरको शंका लागेर उनी भारतको रक्सौलस्थित डंकन अस्पताल पुगिन् । टाउको नराम्ररी दुख्ने, ग्याष्ट्रिकले पेट पोल्ने र माइग्रेनले सताउने पीडा भोगिरहेकी सीताको शरीरमा त्यहाँ बायोप्सी गर्दा खास रोग केही पत्ता लागेन ।
फेरि २०६८ असारमा हिमाल अस्पताल, ज्ञानेश्वर, काठमाण्डौँमा जचाउँदा डाक्टरले ‘प्यापिलरी कार्सिनोमा थाइराइड क्यान्सर’ भएको शङ्का गरे । उनलाई क्रोनिक थाइराइड र थाइराइड क्यान्सर भएको रहेछ । थप उपचारका लागि उनी दिल्लीको मेट्रो र राजीव गान्धी अस्पताल पुगिन् । त्यतिखेर उनले एकै दिनमा १८ हजार भारतीय रुपैयाँ पर्ने औषधि खानुपरेको थियो । ६ महिनासम्म दिल्लीमै बसेर औषधि उपचार गर्दा पनि व्यथा बीसको उन्नाइस भएन ।
क्यान्सरले भन्दा धेरै उनलाई माइग्रेनले सताएको थियो । क्यान्सरको पीडा त्यति महसुस हुन्थेन तर माइग्रेनले सताएका बेला उज्यालो प्रकाशदेखि चिड्चिडाहट भई लगातार ७२ घण्टासम्म अँध्यारो कोठाभित्र बस्नुपर्दथ्यो। त्यस्तो बेला कैयौँपटक त आफूले आत्महत्याको प्रयास समेत गरेको उनी बताउँछिन् ।
उनका श्रीमान् प्रतापले श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेनन् । नेपाल र दिल्लीमा मात्र करिव १२ लाख रुपैयाँ उपचारमै खर्च गरे तर सब निरर्थक भयो । आफूसँग भएको सबै पैसा रित्तियो । उनीसँग अन्य कुनै विकल्प बाँकी रहेन । जति खर्च गरे पनि रोग निको हुने संकेत नदेखेपछि निराश हुँदै उनीहरू नेपाल फर्किए । नाम चलेका देश–विदेशका थुप्रै अस्पताल चहार्दा समेत उपचार सम्भव नभएपछि उनको बाँच्ने आशा पनि मरिसकेको थियो । घरमा नाबालक दुई छोरा र श्रीमानलाई देखेर सीता भक्कानिन्थिन् । मृत्युको कल्पना कति भयङ्कर हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । यही यथार्थ भोगाई थियो सीताको । आफू मरेपछि नाबालक छोराहरूको बिचल्ली हुने पीरले उनी गहिरो मानसिक डिप्रेशनबाट गुज्रिन थालिन् । माईग्रेनले टाउको दुखेर सहनै गाह्रो हुन्थ्यो । दिनानुदिन सीताको अवस्था नाजुक बन्दै गयो । रोग निको हुने कुनै संकेत देखिएन । बाँचेर केही गर्ने र छोराहरुको खुसी हेर्ने उनको रहर पुरा नहुने भए पछि उनी मानसिक रुपमा समेत विक्षिप्त बनिन् ।
अन्ततः बाँच्ने आशा मारिसकेकी सीताले पुनर्जीवन प्राप्त गरिन् । सीताको घरमा बास बस्न आइपुगेका फिलिफिनी नागरिक स्टेफेनी धेरै रोगबाट ग्रस्त भएकै कारण उनै योगीकोमा जाने गर्दथे । त्यहाँ जमराको जुस खाएपछि तिनमा आमूल परिवर्तन आएको सीताले प्रत्यक्ष देखेपछि उनमा पनि जमराको जुस खाने कौतुहलता जाग्यो । भोलिपल्टदेखि नै उनी पनि योगीकोमा जान थालिन् ।

‘नवजीवन योगाश्रम’का पवनबहादुर महतराको आश्रममा गएर उनले केही समय ध्यान गरिन् र जमराको रस खान थालिन् । महतराले आफ्नो योगाश्रममार्फत् लामो समयदेखि जडिबुटि, योग र तान्त्रिक पद्धतिअनुसार बिरामीलाई उपचार गर्दै आएका थिए । त्यहाँ उनलाई जौँको जमराको औषधीय गुणका बारेमा थाहा भयो । केही समय महतराको आश्रममै गएर जमराको रस खान थालेपछि शरीर तन्दुरुस्त बन्दै गएको बताउँदा सीताको मुहारै उज्यालिन्छ ।
तीनचार दिनसम्म लगातार जमराको जुस खाएपछि उनलाई अनौठो आनन्द महसुस हुन थाल्यो । तर घरायसी कामको जिम्मेवारीले दिनदिनै गइरहने समय नपाएपछि उनलाई विदेशी साथी स्टेफेनीले बरफमा चिसो बनाएर घरमै जमराको जुस ल्याइदिन थाले ।
अचम्मको कुरा त के भयो भने १३ दिनसम्म लगातार जुस पिएपछि उनलाई माइग्रेनले छाड्यो । पहिले अध्याँरोमा छट्पटिँदै बस्नुपर्ने कहालीलाग्दो वातावरणबाट सीताले सधैँका लागि मुक्ति पाइन् । त्यति मात्रै होइन, १३ दिनमै उनको बढी भएको तौल पनि चार केजी घट्यो । त्यस्तो अद्भूत उपलब्धिले उनको जीवनको रङ र रौनक नै बदल्यो ।
जमराको जुसबाट नयाँ जीवन पाएकी सीता सधैँ धाउन नभ्याउने भएपछि योगी महतराले उपयुक्त तवरबाट घरमै जौ र गहुँको अर्गा्निक जमरा उमारेर नियमअनुसार नियमित रुपमा जुस बनाई पिउन सल्लाह दिए । त्यसपछि उनले त्यसै गर्न थालिन् ।
उनको समस्या थियो । त्यो पनि सदाको लागि समाप्त भयो । रोगबाट मुक्ति पाएर उत्साही भएकी सीताले जमराको जुसमा अमृतै अमृत देखिन् । त्यसपछि जमराको जुस उत्पादनमार्फत् जनस्वास्थ्यका अनेकौँ जोखिम र कष्ट भोगिरहेका यावत् मानिसको सेवा गर्दै आफ्नोे जीवनलाई टेवा दिने व्यवसाय बनाइन् उनले ।
घरको वल्लो कुनादेखि पल्लो कुना सम्म र तलदेखि माथि सम्म जमराका गमलाले खचाखच भरिएको हुन्छ । अझ भनौं, उनको घर नै जमरामय बनेको छ ।
जमराको रस नियमित सेवनबाट आफ्ना असाध्य रोग सबै निको भएपछि उत्साहित बनेकी उनले आफ्नै घरमा जमरा उमार्न थालिन् । हाल उनी आफूजस्तै क्यान्सर र अन्य रोगबाट पीडित बनेकालाई जमराको रस खुवाउँछिन् । अहिले उनीकहाँ क्यान्सर र अन्य विभिन्न दीर्घरोगबाट पीडित करिव १५० जनाभन्दा बढीले नियमित जमराको रस पिउने गर्छन् । बिहानैदेखि घरमा जमराको रस खान आउनेको भिड लागेको हुन्छ । बिहन ४ वजेदेखि राती १० वजे सम्म भ्याई नभ्याई हुन्छ उनलई ।
काठमाडौंर न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीताको दैनिकी हो । उनलाई बिहान उठेदेखि राती सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्दैमा भ्याई नभ्याई हुन्छ ।

जुस बनाउने जमरा उमार्न गहुँ र जौको बीउ, माटो र मल सबै अर्गा्निक हनुपर्छ । जमरा उमार्ने गमला सकेसम्म प्लास्टिकको हुनुहुँदैन । जहाँतहीँको बीउमा रसायनको मात्रा मिसिएको हुनसक्ने आशंकाका कारण उनी मुगु, हुम्ला, जुम्ला, मुस्ताङ्गलगायतका दुर्गम जिल्लाबाट बीउ खरिद गर्छिन् ।
जे कुरामा पनि व्यापारीकरण भएको देख्दा भने सीतालाई डर लाग्छ । जमराको गुणस्तरमा खेलबाड गर्दै लापर्वाहीपूर्वक उत्पादित जमराको जुस बजारमा बिक्रीवितरण भइरहेको देख्दा चिन्तित छिन, उनी ।
उनको फार्मले काठमाण्डौँका चार ठाउँबाट हरेक बिहानी जमराको जुस वितरण गर्दै आएको छ । ती केन्द्रहरू उत्पादनस्थल बौद्धको तीनचुलीका साथै चाबहिलको गणेशस्थान, लाजिम्पाट र गोंगबुको रानीबारीमा छन् । बिहान ६ देखि ९ बजेसम्म यी केन्द्रहरूबाट उपभोक्तालाई जुस उपलब्ध गराइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१