फोटोशुटले जेलको यात्रा ! आखिर ती मोडलले कस्ता तस्वीर खिचाइन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७८, बुधबार ०५:५६

काठमाडौं। इजिप्टमा फोटोशुटका कारण एक मोडल र उनको फोटो खिच्ने फोटोग्राफर जेल जानुपरेको छ । यी मोडलका फोटोहरु सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस सृजना भएको छ । इजिप्टको मिडियाले यी मोडलका तस्वीरलाई ‘उत्तेजक र आपत्तिजनक’ भनेपछि सामाजिक संजाल विभाजित भएको छ । केहीले यी मोडल र फोटोग्राफरको आलोचना गरेका छन् भने केहीले इजिप्टको प्रशासनको आलोचना गरेका छन् ।

मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले सोमबार पक्राउ गरेको थियो । एक दिन हिरासतमा राखेर उनीहरुलाई मंगलबार छाडिएको छ तर उनीहरुको रिहाइ भए पनि बहस भने चर्किएको छ । फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी फरोहजस्ता देखिने परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् । उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् ।

एक न्यायिक स्रोतले मिडिल इस्ट आइलाई बताएअनुसार यी दुईलाई बिना अनुमति साकारा पुरातात्विक क्षेत्रमा फोटोशुट गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई ५ सय इजिप्सियन पाउण्ड धरौटीमा छाडिएको छ । उनीहरुविरुद्धको मुद्दा भने जारी रहनेछ । राज्य नियन्त्रित अखबार अकबर अल योमले मंगलबार लेखेअनुसार शिमीलाई अदालत उपस्थित गराइएको थियो र उनले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेकी छिन् । उनले आफ्नो उद्देश्य पर्यटन प्रवर्द्धन गर्नु भएको बताएकी छिन् । उनले पुरातात्विक क्षेत्रमा बिना अनुमति फोटो खिच्न नपाइने आफूलाई थाहा नभएको बताएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१