मुस्कान बलियो हतियार हो, सँधै सक्रिय बनाइराख्नुस्ः वुद्धि मल्लको लेख

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७८, आईतवार ०५:२९

नेपालीमा एउटा भनाइ छ- तिम्रो मुस्कान नै तिम्रो दुश्मनलाई हराउने सबैभन्दा ठुलो हतियार हो । यस भनाइले मुस्कानलाई एउटा महत्वपूर्ण अस्त्रको रुपमा ब्याख्या गरिएको छ भने मुस्कान एउटा शान्तिको प्रतिक पनि हो ।

विभिन्न बलवान, पहलवान मानिसहरुले गर्न नसकेका कार्यहरु एउटा सामान्य मानिसको मुस्कानले सम्पन्न गरिदिनसक्छ । प्रशासनले गर्न नसकेका कार्यहरु एउटा मुस्कानले गरिदिन सक्छ, त्यसैले केही समयअघि मात्र नेपाल प्रहरीले मुस्कान सहितको सेवा शुरु गरेको सर्वविधितै छ ।

सन् १९९९ मा बनेको जैकी चानको फिल्म जर्जियसमा चलचित्रका खलनायकसँग फाईट सिनमा खलनायकले जैकी चानलाई कडा टक्कर दिन्छ । जति प्रयास गरेपनि खलनायकलाई जित्नका लागि धौधौ भइरहेको बेला जैकी चानले मुस्कुराउनुपर्ने टिप्स सम्झन्छन् । र, मुस्कुराउंदै, खुशी हुँदै फाईट गर्न आउँउछन् । जैकी चान मुस्कुराउँदै, खुशी हुँदै आएको देखेर खलनायक छक्क पर्छ, जैकी चान पूर्ण रुपमा मुस्कुराउँदै, खुशीका साथ भिड्छन् । र, बिजयी हुन्छन् ।

अमेरिकी अभिनेत्री तथा गायिका मारलिन मुनरोले एउटा केटीका लागि मुस्कान सबैभन्दा उत्तम मेक अप हो भनेर मुस्कानको महत्व दर्शाएका छन् । आफ्नो जमानाको सबैभन्दा सुन्दरी मानिले अभिनेत्रीको यस्तो भनारइले मुस्कानले मानिसलाई कति सुन्दर बनाउँछ भनेर सहजै बुझ्न सकिन्छ भने मदर टेरेसाले पनि शान्तिको शुरुवात मुस्कानबाट हुन्छ भनेर मानिसको जिवनमा मुस्कानको महत्व कति हुन्छ भनेर सन्देश दिन खोजेका छन् ।

खुशीमा सबै मानिस मुस्कुराउने गर्छन् तर, दुखमा पनि मुस्कुराउन सक्ने मानिस निक्कै कम हुन्छन् । र, यस्ता मानिसहरुको अगाडी जस्तोसुकै कठिनाइहरु आइपरे पनि सजिलै सामना गर्न सक्छन् । यस्ता मानिसहरु समस्यासँग डराउंदैन, ति समस्याहरुसँग डटेर सामना गर्छन र सुखदुःखलाई जिन्दगीको पाटो हो भनेर स्विकार गर्छन् ।

भगवान गौतम बुद्धको डाँकु अंगुलिमालसँगको एउटा प्रसंङ्ग छ- डाँकुु अंगुलिमालले १००० जनालाई मार्ने प्रतिज्ञा गर्छन् । र, ९९९ जनालाई मारिसक्छन् । उनको भयले गाउँलेहरु उनीसँगको सम्पर्क बिच्छेद गरेर बाटो बन्द गर्छन् बेला बेलामा भेट्न जाने उनको आमा पनि ९९९ जनालाई शिकार बनाएपछि भेट्न जान बन्द गरिदिन्छिन् । अंगुलिमाललाई प्रतिज्ञा पूरा हुनको लागि अन्तिम एक शिकारको आवश्यक्ता थियो । तर उनको भयले गर्दा कोही पनि त्यस क्षेत्र वरपर बस्न छाडेकोले लामो समयसम्म अन्तिम शिकार पाउन सकेको थिएनन् ।

एकदिन भगवान गौतम बुद्ध त्यही बाटो हुँदै जान लाग्दा केहि भिक्षुहरुले उनलाई त्यहााबाट नजान सुझाए । तर गौतम बुद्धले अंगुलिमाललाई मेरो आवश्यक्ता छ भनेर त्यहि बाटो गए । शिकार आउँदै गरेको देखेर अंगुलिमाल खुशि भए ।

तर, उनको खुशी एकछिन पनि टिकेन । किनभने, बुद्धको चालको गति शरिरको फूर्ति र अनुहारमा प्रशन्नताले उनि चकित परेर हेरेको हेरेई भए । अंगुलिमालले बुद्धलाई तिमिलाई मारेर मेरो प्रतिज्ञा पूरा गर्छु भनेपछि बुद्धले त्यो भन्दा पहिला मलाई त्यो अगाडीको रुखको हांगा काटेर ल्याईदेउ भने । अंगुलिमालले पनि हांगा काटेर ल्याएर बुद्धलाई दिएपछि फेरी यो हांगा जस्ताको तस्तै जोडिदेउ भनेपछि अंगुलिमालले नसक्ने जवाफ दिए । बुद्धले अंगुलिमाललाई काट्न सजिलो छ, जोड्न भने गाहे छ भनेर मुस्कानसहित नम्र भाषमा सम्झाएपछि उनि झसँग भए । र, जिवनभर बुद्धको शरणमा गई उनको अनुयायी भए ।

अंगुलिमालजस्तो शक्तिशाली र बर्षाैदेखि क्रुर तरिकाले ९९९ जनालाई हत्या गरिसकेको डांकुलाई भगवान बुद्धले मुस्कान सहित नम्र भाषाको प्रयोग गरेर परिवर्तन गरिदिए । मुस्कानले क्रुर ब्यक्तिलाई पनि शान्त बनाउन सक्छ, नकरात्मकलाई सकरात्मक बनाउन सक्छ, असहयोगीलाई सहयोगी बनाउन सक्छ, दुश्मनलाई पनि साथि बनाउन सक्छ, बिग्रेको लागि पनि सपार्न सक्छ भन्न अंगुलिमाल र बुद्धको कथा एउटा गतिलो उदाहरण हो ।

लिंक्डिनको फोटोहरुको अध्ययन गर्दा अमेरिकनहरु ५४.८ औसत स्कोर सहित सबैभन्दा बढि हांस्ने गरेको पाईयो भने त्यसपछि ५२ं७ स्कोरसहित अष्ट्रेलिया दोश्रो स्थानमा, ५१.७ स्कोर सहित ईजरायल तेश्रो, ४८.६ स्कोर सहित न्यूजिल्याण्ड चौंथो, ४७.८ स्कोर सहित क्यानाडा पांचौं स्थानमा रहेको छ भने ब्राजिल छैंठौं, नेदरल्याण्ड सातौं, पोर्चुगल आठौं, बेल्जियम नवौै र सिङ्गापुर दशौं स्थानमा रहेको छ भने भारत २७.५ स्कोर सहित छब्बिसौं स्थानमा सिमित भएको छ जुन दशौं स्थानको ४२.८ स्कोरभन्दा धेरै कम हो ।

हँंसो र शान्ति बिचमा सकरात्मक सम्बन्ध रहन्छ र बिकशित देशहरुमा मानिसहरु धेरै हांस्ने गरेको माथिको तथ्यबाट हाँसो र विकासबीचमा पनि सकरात्मक सम्बन्ध हुन्छ भन्ने सन्देश दिन खोजेको पाईन्छ । मुस्कानले शान्ति आउने र जसको प्रभावले उत्पाकदत्वमा बृद्धि हुने बिज्ञहरुको भनाइ रहेको पाइन्छ । मुस्कानले शरिरमा उर्जा ल्याउने भएकोले ऊर्जासहित कार्य गर्दा उत्पादकत्वमा पनि बृद्धि हुने उनिहरुको बिश्वास छ ।

लिंक्डिनमा बढि हाँसेका फोटोहरु पोष्ट गर्ने क्षेत्रहरुमा भने कर्मचारी भर्ना गर्ने कम्पनीहरु पहिलो स्थानमा, हस्पिटल तथा हेल्थ केयर दोश्रो स्थानमा, मानव संसाधन तेश्रो स्थानमा, शिक्षा चौंथो स्थानमा र कानूनी सेवा पाँचौं स्थानमा देखिएको छ भने सबैभन्दा कम हाँस्ने कम्प्यूटर तथा नेटवर्किङ्ग, सूचना सेवा, प्रोग्रामिङ्ग, ग्राफिक डिजाईन आदि रहेका छन् ।

बिशेष गरी सेवा क्षेत्रमा बढी कर्मचारीहरु हांसेका देखिएका छन् जुन सेवा क्षेत्रको कर्मचारीहरुको लागि नभई नहुने गुण हो । यदि सेवा क्षेत्रमा कर्मचारीहरुले मुस्कान सहितको सेवा दिन सक्दैनन् भने त्यो सेवालाई राम्रो सेवा मानिँदैन । सेवा प्रदान गर्न कर्मचारीहरुको मुख्य ध्यान भनेको उनीहरुको सेवाबाट प्रभावित भएर सेवाग्राहीहरुको अनुहारमा मुस्कान ल्याउने हुनुपर्दछ ।

धेरै डाक्टर तथा बिशेषज्ञहरुले हाँसोलाई स्वस्थ रहनको लागि अति आवश्यक छ । र, यो एउटा निशुल्क औषधी हो भनेर सल्लाह पनि दिईरहनुहुन्छ । तर, अधिकांश ब्यक्तिहरुले यि कुराहरु जान्दा जान्दै पनि मुस्कुराउन, हाँस्नको लागि कन्ज्युस्याईं गरिरहेका हुन्छन् । त्यसैले भन्ने गरिन्छः कस्तो हाँस्दा पनि पैसा लाग्ला जस्तो गरेको होला । यस्तो प्रकिृतिको मानिसलाई हाम्रो मुस्कानले उनिहरुलाई पनि मुस्कुराउने बनाउन सकिन्छ । जसरी पैसाले पैसा तान्छ, त्यसरी नै मुस्कानले मुस्कान ल्यांउछ ।

पैसा नै तिर्न पर्ने भएपछि हाँस्न छोड्नुहुँदैन भने सित्तैमा हाँस्न मिल्ने र आफ्नै नियन्त्रमा रहेको हाँसोलाई हामिले रोकिरहनुपर्ने कुनै आवश्यक्ता देखिँदैन । हामि हाँस्यौं भने परिवार हाँस्छ । र, बातावरण नै राम्रो र खुशियाली बन्छ ।
शरिरमा हाँस्ने अर्थात् मुस्कुराउने भोक जगाईराख्नुपर्छ जसरी भोक लाग्दा खाना खानुपर्छ, त्यसरी नै खुशी तथा मनको शान्तिको भोक मेटाउन हाँस्ने, मुस्कुराइरहनुपर्छ । मुस्कान बलियो हतियार हो । यस हतियारलाई सँधै नै सक्रिय बनाईराख्नुपर्छ । (लेखक मल्ल बैंकर हुन् ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१