२० हजार तीन सय ५६ जना शिक्षकको लागि आयोगद्धारा बिज्ञापन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७८, आईतवार ०५:४०

काठमाडौ । आगामी चैत मसान्तसम्म २० हजार तीन सय ५६ जना शिक्षकको दरबन्दी रिक्त हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार खुला र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्नेगरी २० हजार तीन सय ५६ शिक्षकको दरबन्दी रिक्त हुन लागेको हो ।

लामो समयदेखि शिक्षक सेवा आयोग पदाधिकारीविहिन हुँदा स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्न सकेको थिएन ।

आन्तरिक प्रतिस्पर्धा तथा बढुवा हुन नसक्दा एकैपटक ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त भएको हो । आयोगले पदाधिकारी पाएपछि केन्द्रले शिक्षक सेवा आयोगलाई रिक्त हुने जिल्लागत दरबन्दी विवरण पठाएको छ । केन्द्रले असोज एक गते नै आयोगलाई रिक्त हुने शिक्षकको विज्ञापनका लागि दरबन्दी विवरण पठाइसकेको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक माधव दाहालले जानकारी दिए ।

उनका अनुसार शिक्षकको खुला विज्ञापन र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्नका लागि २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको जिल्ला, विषय एवम् तहगत विवरण केन्द्रको निर्णय अनुसार अयोगलाई पठाएको हो । शिक्षक सेवा आयोगले विज्ञापन गर्नुपूर्व केन्द्रमा प्राप्त हुने संशोधित विवरण समेत समेत समावेश गरी विज्ञापन गर्ने व्यवस्था मिलाउन केन्द्रले आयोगलाई अनुरोध गरिसकेको केन्द्रका निर्देशक दाहालले बताए ।

प्राथमिक तहमा १२ हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त हुँदै(खुलातर्फ प्राथमिक तहमा १२ हजार नौ सय १२ दरबन्दी रिक्त छ । निम्नमाध्यामिक तहमा रिक्त हुने दुई हजार पाँच सय ९३ दरबन्दीमध्ये नेपाली चार सय ३६, अंग्रेजी छ सय २२, सामाजिक तीन सय ५२, गणित तीन सय ७०, विज्ञान चार सय ४० र ऐच्छिक प्रथममा नौ शिक्षकको पद रिक्त हुँदैछ । निम्नमाध्यामिक तहको ऐच्छिक द्वितीय विषयमा भने एउटा पनि दरबन्दी रिक्त हुनेछैन ।

माध्यामिक तहमा एक हजार पाँच सय ४२ रिक्त हुनेमा नेपाली दुई सय ३०, अंग्रेजी तीन सय १३, सामाजिक दुई सय एक, गणित दुई सय ८८, विज्ञान चार सय ३३, ऐच्छिक प्रथम १८ र ऐच्छिक द्वितीयमा ५९ शिक्षक दरबन्दी छ ।

आन्तरिक तथा बढुवातर्फ पनि प्राथमिक तहमै बढी रिक्त(आन्तरिक प्रतिस्पर्धा तथा बढुवातर्फ प्राथमिक तहको प्रथम श्रेणीमा चार सय ५२ र द्वितीय श्रेणीमा एक हजार ६ सय ९३ गरी दुई हजार एक सय ४५ शिक्षक दरबन्दी रिक्त हुँदैछ ।

निम्नमाध्यामिक तहको प्रथम श्रेणीमा ७८ र द्वितीय श्रेणीमा चार सय ७८ गरी पाँच सय ५६ पद रिक्त हुँदैछ । त्यस्तै माध्यामिक तह प्रथम श्रेणीमा एक सय २४ र द्वितीय श्रेणीमा गरी ६ सय आठ गरी सात सय ३२ शिक्षकको पद रिक्त हुँदैछ ।

आन्तरिक प्रतिस्पर्धा तथा बढुवाभित्र पनि कार्यसम्पादन तथा जेष्ठताको आधारमा हुने ७५ प्रतिशत बढुवातर्फ प्राथमिक तहमा प्रथम श्रेणीमा तीन सय ८४ र द्वितीय श्रेणीमा एक हजार दुई सय ७५ गरी एक हजार छ सय ५९ शिक्षकको पद रिक्त हुँदैछ । यस्तै निम्नमाध्यामिक तहको प्रथम श्रेणीमा ७० र द्वितीय श्रेणीमा ३ सय ६८ गरी चार सय ३८ शिक्षकको दरबन्दी रिक्त हुँदैछ ।

यसैको माध्यामिक तह अन्तरगत प्रथम श्रेणी एक सय १० र द्वितीय श्रेणीमा तीन सय ७१ गरी जम्मा चार सय ४१ शिक्षकको पद रिक्त हुँदैछ । यसरी कार्यसम्पादन तथा जेष्ठताबाटै ७५ प्रतिशत बढुवातर्फ गरेर दुई हजार पाँच सय ३८ शिक्षको पद रिक्त हुँदैछ ।

२५ प्रतिशतमा हुने आन्तरिक प्रतिस्पर्धा अन्तरगत प्राथमिक तहको प्रथम श्रेणीमा एकसय ४ र द्वितीय श्रेणीमा चार सय १४ गरी पाँच सय १५ शिक्षक दरबन्दी रिक्त हुँदैछ ।

निम्नमाध्यामिक तहअन्तर्गत प्रथम श्रेणीमा आठ र द्वितीय श्रेणीमा एक सय १० गरेर एक सय १८ शिक्षकको पद रिक्त हुन लागेको छ । यसै अन्तरगत माध्यामिक तहको प्रथम श्रेणीमा १४ र द्वितीय श्रेणीमा एक सय १३ गरी एक सय १७ शिक्षकको पद रिक्त हुँदैछ । यसरी २५ प्रतिशतले हुने आन्तरिक प्रतिस्पर्धामा सात सय ५० शिक्षकको पद रिक्त हुँदैछ ।

केन्द्रले रिक्त दरबन्दी विवरण सार्वजनिक गरेकोप्रति आयोग असन्तुष्ट(शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत मसान्तसम्म रिक्त रहने शिक्षकको दरवन्दी विवरण सार्वजनिक गरेकोप्रति शिक्षक सेवा आयोग असन्तुष्ट बनेको छ । आयोगले दरबन्दी विवरण आयोगलाई बुझाएर आफैले दरबन्दी विवरण सार्वजनिक गर्नु गैरकानूनी भएको जनाएको छ । केन्द्रले भने शिक्षक सेवा आयोगलाई शिक्षक सेवा आयोग खुलाउनका लागि दवाव सृजना गर्नका लागि दरबन्दी विवरण सार्वजनिक गरेको केन्द्रले जनाएको छ ।

आयोगका एक उच्च अधिकारीले भने, ‘शिक्षा तथा मावन स्रोत विकास केन्द्रको काम आयोगलाई रिक्त दरबन्दी विवरण पठाउने हो । तर केन्द्रले सार्वजनिक गर्नु राम्रो होइन । केन्द्रले गलत तरिकाले पहिलोपटक विवरण सार्वजनिक गरेको हो ।

दसैंपछि शिक्षक सेवा आयोग खुल्ने सम्भावना(शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत मसान्तसम्म रिक्त हुने शिक्षकको दरबन्दी विवरण सार्वजनिक गरेसँगै शिक्षक सेवा आयोगको परीक्षा दिने तयारीमा रहेकाहरु भने विज्ञापन खुल्नेमा आशावादी भएका छन् । तर आयोगले भने दसैंपछि विज्ञापन खुला गर्ने सम्भावना रहेको जनाएको छ ।

अनलाइनबाट आवेदन लिने कि म्यानुअल लिने भन्नेमा अन्योल(शिक्षक सेवा आयोग खुलाउने तयारी हुँदै गर्दा अनलाइनबाट आवेदन लिने कि म्यानुअल रुपमा लिने भन्ने विषय पनि आयोगले टुंग्याउन सकेको छैन । शिक्षक सेवा आयोगको तथ्यांक अनुसार २०६१ सालदेखि अहिलेसम्म ७ लाख जनाले ३ वटै तहको अध्यापन अनुमति पत्र लिइसकेका छन् ।

जसमा एक लाख ४४ हजार तीन सय ८१ माध्यमिक, तीन लाख ७० हजार १२ निम्नमाध्यामिक र दुई लाख दुइ हजार सात सय १२ जनाले प्राथमिक तहको अध्यापन अनुपति पत्र लिइसकेका छन् ।

शिक्षक सेवा आयोगको तथ्यांकअनुसार अहिले देशभरका सामुदायिक तथा सरकारी विद्यालयमा गरेर एक लाख आठ हजार शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१