४ जना महिला र ३ जना पुरुष पोखरीमा मृत अवस्थामा फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७८, बुधबार ०५:५२

काठमाडौ । जनकपुर उपमहानगरपालिका-१४ रजौल बस्ने ६० वर्षीय महेन्द्र बहादुर भट्टराई सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, मल्लरानी गाउँपालिका-३ जेविनडाँडा बस्ने ३७ वर्षीया गिता घर्तीमगर सोही ठाउँस्थित छिमेकीको घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-३ पुलचोक डेरा गरी बस्ने रुकुम घर भएकी ३० बर्षीया पार्वती परियार आफ्नै डेरामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

तनहुँ, ब्यास नगरपालिका-५ हाडिगाँउस्थित बारीमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१३ सन्ताउन्नास्थित नेपाल गण्डक पश्चिम नहर सिचाई प्रणाली कार्यालयको खाली भवनको बरण्डामा हाल नाम, थर, वतन नखुलेका करिब ७५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बाग्मती करिडोरस्थित सडकमा हाल नाम, थर, वतन, नखुलेको ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, भजनी नगरपालिका-३ ठेकरपुरस्थित कान्द्रा नदीमा हाल, नाम, थर, वतन नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१