पेटमा किरा कसरी पर्छ ? लक्षण र घरेलु उपचार विधि जान्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०७८, मंगलवार ०५:२३

काठमाडौं । विशेष गरेर बच्चाको पेटमा धेरै जुका (पेटमा रहको किरा) पाइन्छ । तर कहिलेकाँही ठुला मानिसहरुमा पनि जुका पर्ने समस्या देखिन्छ । बच्चाको पेटमा जुका पर्यो भने बच्चाले खाएको पौष्टिक आहारको पोषण तत्व सबै जुकाले खान्छ ।

 

बच्चा दुब्लो, पात्तलो र ख्वाउरो देखिन्छ । जुका रोकथाम समयमा नै गर्न सकिएन् भने बच्चाहरुलाई एनिमिया कुपोषण पेटमा अवरोध एलर्जी आदि पनि हुन सक्छ ।

अर्कोतिर ठुला मान्छेको शरीरमा जुका पस्यो भने शरीर मरनच्यास हुनुका साथै ख्यौटे देखिन्छ । जुकालाई समयमा नै घरेलु उपचार विधि लगाएर तपाईं निको हुन सक्नुहुन्छ ।

जुका पर्ने कारण ?
नङ टोक्ने बानीले गर्दा जुकाको समस्या देखिन्छ ।
हात नधाईकन खानेकुरा खाने गर्नाले पनि जुकाको समस्या हुन्छ ।
भुईमा झरेको खानेकुरा खाने गर्दा जुका पर्न सक्छ ।
काँचो मासु खाँदा पनि जुकाको समस्या देखिन सक्छ ।
धेरै पाकेको केरा वा गुलियो पर्दाथ खानु पनि जुकाको कारण बन्न सक्छ ।
फलफूलमा आरु धेरै खाँदा पनि जुका पर्न सक्छ ।
जुका परेको कसरी पत्ता लगाउने ?
रोगी दुब्लो, पात्तलो हुँदै जान्छ ।
अनुहार पहेँलो देखिन्छ ।
बारम्बार नाक र गुदद्धार चिलाउछ ।
रोगीको आँखामुनि कालो घेरो पर्दछ ।
निन्द्रामा दाँत किट्किटाउनु पनि जुका परेको लक्षण हो ।
ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु जुकाको अर्को लक्षण हो ।
सानो सानो कुरामा जिद्दी बन्नु, रुनु, कराउनु पनि यसका लक्षण हुन् ।
हातखुट्टा चिसो बन्नु, बरफजस्तो बन्नु पनि जुका परेको लक्षण हो ।
जुका परेको बेला कस्तो खाना खानुपर्छ ?
काँचो नरिवल र नरिवलको पानी सधैं खानुपर्छ ।
टमाटर, गाँजर र बेथुको रस एक–एक गिलास गरेर सधैंजसो बिहान बेलुका एक–एक गिलास पिउनुपर्छ ।
पुरानो चामलको भात, मुँगको दाल, मुसुरो र रहरको दाल खानुपर्छ ।
४÷५ वटा लसुनका केस्रा बिहान बेलुका महसँग मिलाएर खानुपर्छ ।
करेला, तुलसी, पुदिनाको रस नुन मिलाएर एक गिलास खाना खाएपछि खानुपर्छ ।
पीठोमा नुनर सोडा मिसाएर बनाएको रोटी खानुपर्छ ।
जुका पर्दा के खानु हुँदैन ?
राम्रोसँग धोएर मात्रै खानेकुरा खाने गर्नुपर्छ ।
माछा, मासु राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।
बेसनबाट बनेको चिज, तारेको भुटुवा खानु हुँदैन ।
तिल, आलु काँचो खानु हुँदैन ।
चीनी, गुलियो पर्दाथ, सख्खर, सर्बत, चक्लेट र मह कम खानुपर्छ ।
जुकाको घरेलु उपचार के हो ?
पिउने पानी फिल्टर गरेर वा तताएर मात्रै पिउनुपर्छ ।
पेट सफा राख्न नियमित दिसा गर्नुपर्छ, दिसा रोकेर राख्नु हुँदैन ।
जैतुनको तेल घासलेट, मट्टीतेल वा हिङलाई पानीमा मिलाएर कपालको
टुक्रा पानीमा भिजाउने र गुदद्धारमा छिराउने गर्नुपर्छ, यसो गर्दा जुका मर्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१