मोवाईलको कारण हरेक घरमा एउटा पागल हुने प्रक्षेपण’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७८, बुधबार ०५:४३

काठमाडौ । घरका छत छतमा बाटो वा सार्वजनिक स्थलहरुमा अहिले मानिसहरु मोबाईलसँग पागल जस्तै बोलिरहेका हुन्छन् ।

अझ टिकटकले त अधिकांश मानिसलाई अनौठो नै बनाइसकेको छ ।

आधुनिक मोवाईल प्रविधिका स्मार्ट मोबाईलहरु जो कोहीको हातमा छन् ।

स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ ।

धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ ।

आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ ।

 

स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो । हामी मोवाईल भएपछि खाना खान समेत बिर्सिदिन्छौं ।

मोवाईल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । मोवाईल सबैभन्दा नजिकको साथी बन्दै गएको देखिन्छ ।

घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त ।

जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ ।

यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ ।

भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले मोवाईल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दावी गरेका छन् ।

दैनिक ८ हजार करोड रुपैयाँ भन्दा बढीको हींरा कारोबार गर्ने धोलकियाले मोवाईल फोनको प्रयोग कम गर्न सबैमा आग्रह गरेका छन् ।

दिपावलीमा आफ्नो ६ सय कर्मचारी गाडी गिफ्ट दिएर चर्चामा आएका धोलकियाले हरेक घरमा एउटा पागल हुनबाट बचाउँन मोवाईल फोनको प्रयोग कम गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१