कटरीना जस्तै देखिँदा जरीनलाई नोक्सान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७८, बिहीबार ०४:५०

मुम्बई(एजेन्सी)। सन् २०१० मा सलमान खानको फिल्म ‘वीर’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जरीन खानले आफ्नो करियरलाई लिएर नयाँ खुलासा गरेकी छन् ।

उनले आफ्नो अनुहार अभिनेत्री कटरीना कैफसँग मिल्ने भएपछि त्यसको असर आफ्नो करियरमा परेको खुलाएकी हुन् । जरीनको बुझाईमा बलिउडका केही पनि निर्माता तथा निर्देशक कसैको अनुहारसँग मिल्दोजुल्दो व्यक्तिसँग काम गर्न चाहँदैनन् ।

‘मानिसहरु फिल्म उद्योगमा आफ्नो अलग पहिचान बनाउनका लागि आउछन् । न कि कोही अन्य जस्तै देखिनलाई हो ।
मैले बलिउडमा आफ्नो स्थान बनाउनका लागि ११ वर्षसम्म मेहनत गरें । तर आज पनि मानिसहरु मलाई कटरीना कैफ जस्तै सम्झन्छन्’, उनले भनेकी छन्, ‘मलाई कतिपयले पुजा भट्ट, प्रिती जिन्टा र सनी लियोनी जस्तै देखिएको पनि भन्छन् । तर मलाई कहिल्यै पनि जरीन खानको रुपमा हेरिएन ।’

जरीनका अनुसार यसअघि स्नेहा उल्लाल(जसलाई अभिनेत्री ऐश्वर्या राय बच्चनको डुप्लिकेट भनिन्थ्यो’को करियर पनि यस्तै कारणले संकटमा परेको थिए । जरीनले ‘हाउसफुल २’, ‘हेट स्टोरी ३’, ‘अक्सर २’ आदिमा काम गरिसकेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१