आमाको मात्र होइन बाबुको खानपानले पनि गर्भमा रहेको शिशुमा असर पर्न सक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७८, आईतवार ०५:२७

एजेन्सी । अहिलेसम्मको सामान्य मान्यता अनुसार आमाको गर्भमा रहेको शिशुको स्वास्थ्यमा आमाको जीवनशैलीले असर गर्ने बताइएको थियो । तर, अब वैज्ञानिकहरुको नयाँ खोजले आमाको मात्र नभई बाबु पनि गर्भको शिशुको स्वास्थ्यका लागि जिम्मेवार हुने बताएको छ । यस नयाँ अध्ययनले आमाबाबु दुबैको खानपान, व्यायाम, आदत र जीवनशैलीको प्रभाव गर्भमा रहेको बच्चामा पर्ने बताएको हो ।

भर्जिनियाँ युनिभर्सिटीको स्कूल अफ मेडिसिन र अन्य संस्थानहरुको ताजा अध्ययनका अनुसार जो दम्पती आमाबाबु बन्न गइरहेका छन् उनीहरुको खानपानका आदत, जीवनशैली र वंशाणुगत गुण जन्मिन लागेको शिशुको स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने तय हुन्छ । अनुसन्धानकर्ताहरुका अनुसार गर्भमा शिशु आउनुभन्दा पहिले आमाबाबु बोसोयुक्त खाना खाए उनीहरुको बच्चामा मेटाबोलिज्मसँग सम्बन्धित समस्याको जोखिम उच्च हुने हुन्छ । यदि आमा गर्भावस्थामा व्यायाम गर्छिन भने त्यस प्रकारको जोखिम कुनै नहुने उनीहरुको तर्क छ ।

यहाँ आमा मात्र नभई बाबु पनि शारीरिक रुपमा तन्दुरुस्त हुन जरुरी रहेको उल्लेख गरिएको छ । अभिभावकको वंशाणुगत गुण बच्चाहरुमा विभिन्न जैविक माध्यमबाट सर्ने हुन्छ र सोही कुरा पछि गएर शिशुको राम्रो स्वास्थ्यको आधार बन्न सक्दछ । आमा सक्रिय भए उनले बाबुको खानपानको गलत आदतबाट बच्चालाई जोगाउन सक्छिन् । अध्ययनमा गर्भावस्थाभन्दा पहिले बच्चामा माता वा पितामा डायबिटिज, मोटोपन आदि भए बच्चा वयस्क हुँदा यस्ता समस्या हुने सम्भावना रहने बताइएको छ । शोधकर्ता भन्छन्, ‘बच्चा आफ्ना अभिभावकको खानपान र व्यायामका आदतहरुलाई अपनाउने गर्दछन् । त्यसकारण धेरै कुराहरु अझ उनीहरुको भविष्यको स्वास्थ्य आफ्ना अभिभावकमा निर्भर हुन्छ ।’

मुसामा भएको उक्त अध्ययनमा एक समूहलाई बोसोयुक्त खाना र आराम दिइएको थियो र अर्कोलाई सामान्य खाना र अनुशासित रुटिनमा राखिएको थियो । पहिलो समूहको मुसाका सन्तानहरुमा वयस्क हुँदा मेटाबोलिज्म र मोटोपनको समस्या देखियो भने दोस्रो समूहका मुसाका सन्तान तन्दुरुस्त र स्वास्थ्य सामान्य देखियो ।

भर्जिनिया स्कूल अफ मेडिसिनका डा. झेन यानका अनुसार अध्ययनको नतिजाले गर्भावस्थाभन्दा पहिले र गर्भावस्थाको बेला आमाबाबु दुबै फिजिकल्ली एक्टिभिटीलाई ध्यान दिनुपर्ने हुन्छ । आमाबाबुको स्वास्थ्यका लागि मात्र नभएर बच्चाको भविष्यको स्वास्थ्यका लागि पनि यसलाई प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१