सीसीएमसीले भन्यो- ‘डान्सबार र दोहोरीसाँझ पूरै बन्द’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७८, आईतवार ०४:१८

काठमाडौं । नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको भन्दै सरकारले रोकथामका लागि विभिन्न क्षेत्रमा नयाँ पामदण्डहरु बनाउन थालेको छ ।

कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

शनिबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले डान्सबार र दोहोरी साँझ बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सीसीएमसीको सिफारिस अनुसार रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने भएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । त्यसैगरी बैशाख २ गते मन्त्रालयले जारी गरेको अर्को अपीलमा काठमाडौं लगायत १४ जिल्लालाई अति जोखिमयुक्त घोषणा गरेको थियो । यी जिल्लाहरुमा भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल पनि गरिएको थियो ।

सीसीएमसीका सचिव खगराज बरालका अनुसार मन्त्रालयको यही सिफारिसलाई भ्यान दिँदै शनिबारको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु भौतिक रुपमा सञ्चालन नगरी अनलाइन कक्षाहरू मात्रै सञ्चालन गर्न सिफारिस गरिएको हो ।

आज बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको हो । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्न मन्त्री ढकालले जानकारी दिए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड—१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले भने ‘धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ’ उनले भने, ‘अब क्याबिनेटले आवश्यकता अनुसार निर्णय गर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१