काजुका बहुउपयाेगी गुण, दिमाग तेज बनाउने थकान हटाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७७, बिहीबार ०५:०४

सामान्य मानिसकाे क्रयशक्ति भन्दा माथि रहेकाे काजुको धेरै उपयाेगी गुणहरू छन् । यसकाे नियमित प्रयाेगले धेरै फाइदा लिन सकिन्छ । काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ त्यसैले यसको प्रयोगले शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।

काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिन्न तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । काजुको प्रयोग खानमा मात्रै नभएर यसले मसाज पनि गर्न सकिन्छ । यसमा प्रोटिनको मात्रा उच्च हुने भएकाले यसलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नुपर्छ । त्यसले गर्दा अनुहार अझ बढी चम्किलो हुन्छ ।

काजुमा एक प्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१