गोकार्णेश्वर नगरपालिकामा साइवर अपराध एवं सुरक्षा बिषयक एक दिवसिय अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७७, शनिबार ०५:५९

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा वेव बैँक नेपालको प्राविधिक सहकार्यमा एक दिवसीय साइवर क्राइम बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको हो  ।

कार्यक्रममा प्रमुख अथिति नगर प्रमुख सन्तोष चालिसे, बिशेष अतिथि उप – मेयर शान्ति नेपाल ,प्रमुख कार्यकारी  राम प्रसाद आचार्य, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल प्रहरीका बौद्ध प्रहरी प्रमुख नवीन कार्की, नगरपालिका प्रवक्ता मनोज ढुँगाना, सवै वडाका वडा अध्यक्ष ज्यूहरु राम मानन्धर, कृष्ण बहादुर पण्डित, राजेन्द्र कुमार भण्डारी, श्री कुमार श्रेण्ठ, नारायण बहादुर सुवेदी, रमेश अर्याल, केशव गुरुगं, मनोज कुमार ढूँगाना, राजिव थापा, अधिकृत टंकनाथ घिमिरे, लेखा प्रमुख, स्वास्थ्य प्रमुख लगायत नगरपालिकाका सवै कर्मचारी तथा स्थानीय क्षेत्रका प्रतिनिधिहरु सहित १५० भन्दा बढी सहभागीहरुले कार्यक्रमा सहभागिता जनाएका थिए ।May be an image of 5 people, people sitting and people standingMay be an image of 6 people and people standingMay be an image of 5 people, people sitting, people standing and indoorMay be an image of 5 people, people standing and people sitting

दुइ दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभव संगालेका बरिष्ठ प्रशिक्षक हेमपाल श्रेष्ठको प्रमुख सत्र रहेको तालिम कार्यक्रम विशेष रहेको थियो । सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक हेमपाल श्रेष्ठको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गर्नुभएको हो भने  बौद्ध प्रहरी प्रमुख नवीन कार्कीको अर्को सेसन रहेको थियो ।

कार्यक्रममा साइवर क्राइम सम्वन्धी डकुमेन्टरी, विचार परामर्श तथा अन्तक्र्रिया समेत सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत राम प्रसाद आचार्यले गर्नु भएको थियो ।  नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साइवर क्राइम मुक्त नगर बनाउने घोषणा समेत गर्नु भएको थियो । सहभागीहरुले यस प्रकारको कार्यक्रमले स्थानीय क्षेत्रमा अति राम्रो प्रभाव पार्ने भन्दै यस प्रकारका कार्यक्रमहरुको निरन्तरताको अपेक्षा समेत गरेका थिए । कार्यक्रमको अध्यक्षता वेव बैँक नेपालका निर्देशक तथा बोस्टर मिडियाका संचालक मुकुन्द ढुंगानाले गर्नुभएको थियो । कार्यक्रम संचालन पत्रकार  अनिल अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको  ब्यबस्थापन वेव बैँक नेपालका अध्यक्ष  द्रोण पराजुलीले गरेका थिए।

भिडियो हेर्नुस :

May be an image of 3 people, people sitting and people standingMay be an image of text that says 'साइबर सुरक्षा CYBER CRIME सम्बन्धी एक दिने अमिमुखिकरण तालिम आयोजक: LIVE सहकार्य: Rastriyakhabar न्यूज ससाप्स मिति: ২०७७, चैत्र ६ गते स्थान: नगरपालिकाको समाहल MEGA TELEVISION गोक्णेश्वर नगरपालिका WEBBANK NEPAL वेबबैक नेपाल प्रा. लि.'May be an image of 3 people, including Mukunda Dhungana, people sitting, people standing and text that says 'WEBBANK NEPAL NEP बैक नेपाल प्ा. लि.'May be an image of 6 people, people standing, people sitting and indoorMay be an image of 2 people, people sitting and indoorMay be an image of 6 people, including Rajendra Bhandari, people standing, people sitting and indoorMay be an image of 1 person and standingMay be an image of 2 people and people standingMay be an image of 1 person and standingMay be an image of 2 people, including Mukunda Dhungana, people sitting and people standingMay be an image of 3 people, people standing and text that says 'Fununh Thank T" MGu "समस्याको उठान, छलफल र सामाधानको खोजी" जननी Rastriya khabar com'May be an image of 3 people, including Bikal Sapkota, people standing, people sitting and indoorMay be an image of 5 people, people sitting, people standing, camera and indoorMay be an image of 4 people, people standing, camera and indoorMay be an image of 4 people, people standing, people sitting and indoorMay be an image of text that says 'नेपाल प्रहरी टोल ाल प्रहरी समुदाय प्रहरी सामदारी (शान्तिपूर्ण एवं सुरक्षित समाजकालाग Community -Police Partnership Peaceful Secure Society स्थानीय समुदाय सामाजिक संस्था विद्यालय नेपाल प्रहरा सत्य सेवा सरक्षणम एकदिवसियकारयक्रम का्यक्रम कार्यक्रम विषय मिति: साईबर क्राईम २०७७/१२/०६ स्थान गोकर्णेश्वर नगरपालिकाको सभाहल समय १३:००बजे। सह आयोजक nepalpolice.gov.np आयोजक /NepalPolicePHQ nepalpolice'May be an image of standing

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१