प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक : ‘प्रधानमन्त्रीले माफी मागे पार्टी एकता सम्भव’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०७७, बिहीबार ०४:४३

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको निर्णय भएको बताएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे आवश्यक परे नयाँ ढंगले सोच्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्ती स्वीकार गरेर आत्मलोचना गरेर क्षमा माग्ने स्थितिमा पार्टी एकताको सम्भावना अझै रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आफूहरु हिजो पनि पार्टी एकताको पक्षमा रहेको र आज पनि पार्टी एकताकै पक्षमा रहेको बताउँदै प्रवक्ता श्रेष्ठले पार्टी र देशलाई दुर्घटनाको स्थितिमा पुर्याउने काम ओलीले नै गरेको बताए ।

भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लागेकाहरुलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गर्दै उनले सर्वोच्चको फैसला कार्यान्वयनका लागि सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

सर्वोच्चका फैसला आउनासाथ प्रधानमन्त्रीका राजीनामा माग गरिएपनि अहिलेसम्म नदिएको भन्दै प्रवक्ता श्रेष्ठले भने, ‘फैसला आउनेबित्तिकै हामीले प्रधानमन्त्रीले राजीनामा दिन भनेका छौं । अहिलेसम्म राजीनामा आएको छैन । प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार प्रक्रियाको बारेमा छलफल हुनेछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१