दार्चुलाकी एक सुत्केरीको गरियो हवाई उद्धार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०७७, आईतवार ०५:१४

दार्चुला । दार्चुलाकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अत्यधिक रक्तश्राब भएपछि व्यास गाउँपालिका–५ का एक सुत्केरी महिलाको आज सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी २८ वर्षीया शोभा विष्टको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । बिष्टको जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राब नरोकिएपछि थप उपचारको लागि धनगढी रेफर गरिएको थियो । धनगढीमा आइसियु बेड खाली नरहेकाले उपचारका लागि सुर्खेत लगिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, नेपाली सेना र अस्पतालको पहलमा बिष्टको उद्धार गरिएको हो । नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यसअघि पनि दार्चुलाबाट सुत्केरी महिलाको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१