सँगसँगै जीवन बिताउनका लागि जोडीले अपनाउनुपर्ने यी ५ उपायहरु !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ मंसिर २०७७, शनिबार ०४:४८

काठमाडौं । युवापुस्ताबीच प्रेम अहिले सामान्य जस्तै बन्न थालेको छ । इन्टरनेट र सामाजिक सञ्जालको अहिलेको समयमा जती सजिलै जोडीहरु बन्छन्, त्यसरी नै छुट्टिन्छन् पनि । यो अहिलेको वास्तविकता हो ।

तर, सम्बन्धलाई दीर्घजीवन दिन नसकिनेनै भने होइन । केही सामान्य कुराहरुमा ध्यान दिने हो भने सम्बन्धहरु मजबुत र सफल तथा आकर्षक बन्न सक्दछन् ।

आफ्नो सम्बन्धलाई सुरुवातको समयको जस्तै प्रेमिल र रोमाञ्चक बनाउका लागि तपाईँले आफ्नो पार्टनरलाई महत्व र समय दिनु पहिलो आवश्यकता हो । यस्तै जोडीहरुको आपसी सम्बन्ध सफल बनाउनका लागि केही उपायहरु यस्ता रहेका छन् ।

सहज बन्नुहोस्
तपाई आफ्नो पार्टनरसँग सधैँ सहज बन्नुहोस् । आफ्ना व्यक्तिगत कुराहरुमा मात्रै ध्यान दिँदा तपाई एकैप्रकारको जीवनशैलीमा रहनुहुन्छ । आफ्नो सँगसँगै आफ्नो जोडीको इच्छा र आवश्यकतामा पनि ध्यान दिनुहोस् । र, उसँग सहज व्यवहार गर्नुहोस् । यसले तपाईँहरुको सम्बन्ध थप कसिलो बन्दछ ।


पारिवारिक सम्बन्ध
हरेक व्यक्तिबीचको सम्बन्ध बलियो बन्नका लागि उनीहरुको पारिवारिक सम्बन्ध पनि कारक रहन्छ । तपाईँ आफ्नो पार्टनरको परिवारलाई पनि आफ्नो परिवार जस्तै व्यवहार गर्नुहोस् । एकअर्काको परिवारबाट आउने सुझाव तथा तनाव दुबैलाई आपसमा छलफल गर्नुहोस् । र, दुबै जानले एकअर्काको परिवारलाई आफ्नो परिवार बनाउनुहास् । यसले तपाईँको जीवन थप आनन्दित बनाउँछ ।

प्राथमिकता
तपाईँको जीवन व्यस्त हुनसक्छ । तर, तपाईँको पार्टनरलाई कार्यव्यस्तताका कारण समय दिन छुटाउनु हुँदैन । आफ्नो पहिलो प्राथमिता उ अवथा उनी भएको आभास दिलाउनु पर्दछ । केही पार्टी तथा अनौपचारिक बैठकहरु आफ्नो पार्टनरका लागि छाडिदिनुहोस् । यसले तपाईँबीचको सम्बन्ध थप मजबुत बनाउँछ ।

आश्चर्यजनक उपस्थिति
पारिवारिक जीवन प्राय एउटै लयमा रहेका हुन्छ । जोडीहरुबीच नयाँ नयाँ उत्साह नरहने सम्भावना हुन्छ । जसका लागि तपाईँ आफ्नो पार्टनरलाई सानै भएपनि सरप्राइजहरु दिनुहोस् । जसमार्फत उ अथवा उनीले तपाईँका लागि आफ्नो महत्व बुझ्न सकुन् । यसले तपाईको सम्बन्धलाई थप उचाईमा पुर्याउँछ ।

पुराना गल्ती भुल्नुस्
सम्बन्धमा रहँदा दुबैतर्फबाट कुनै समयमा एकअर्काको मन दुखाउने अथवा अन्य प्रकृतिका गल्तीहरु भइरहेका हुन्छन् । तर, पुराना गल्तीहरुलाई भुल्दै नयाँ तरिकाबाट सम्बन्धलाई अगाडि बढाउनु पर्छ । पुराना गल्तीहरु भुल्दै आफ्नो पार्टनरलाई थप प्रेम गनुपर्दछ । दुबैले पुराना कुराहरु भुलेर नयाँ प्रमिल सम्बन्धमा अगाडि बढ्दा सम्बन्ध थप प्रगाढ बन्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१