महिलाले पहिलोपटक सेक्स गर्दा गर्भ रहँदैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७७, मंगलवार ०५:२४

महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुने गर्छ । डिम्ब निष्कासन हुने समयमा नै गर्भ रहने सम्भावना अत्यधिक हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनुपछ । डिम्ब निस्किएको लगभग १४ दिनमा महिनावारी सुरु हुने गर्छ ।

२८ दिनको महिनावारी भएको महिलाको १४ दिनमा डिम्ब निस्कने भएकाले त्यतिबेला यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना ज्यादै हुन्छ । डिम्ब निस्किएको लगभग २४ देखि ४८ घण्टासम्म जीवित हुन्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा या त्योभन्दा बढी नै समयसम्म पनि जीवित रहन सक्छ ।

त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले सुरक्षित मानिदैन । चिकित्सकका अनुसार महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना कम हुन्छ ।

महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ । सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । ३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ त्यसैले सचेत हुन सकिन्छ ।

यसो गर्दा गर्भ रहने सम्भावना कम हुन्छ
१. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसँग पखालेमा गर्भ रहँदैन ।

२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।

३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।

४. एस्पिरिनले गर्भाधारण रोक्छ ।

५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।

६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१