राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७७, शुक्रबार ०५:२१

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो ।

बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए ।

चार जनामा कोरोना संक्रमणको पुष्टि भएका कारण प्रशिक्षणमा ३० जनाले सहभागीता जनाएको एन्फाले जनाएको छ ।

कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।

प्रशिक्षण सुरु गर्नु पूर्व एन्फाले बुधबार खेलाडीको स्वाव संकलन गरेको तर, चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नेपालले बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१