नेहासँग रोहनप्रीतले यसरी गरेका थिए बिहेको प्रस्ताव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०७७, बिहीबार ०५:३२

मुम्बई । बलिउड गायिका नेहा कक्कडको नयाँ सम्बन्धलाई लिएर बलिउडमा चर्चा छ । उनले छिट्टै नै रोहनप्रीत सिंहसँग बिहे गर्न लागेकी छिन् ।

यसैबीच नेहाले रोहनप्रीतसँगको एक तस्वीर शेयर गरेकी छिन् । नेहाले उक्त तस्वीरमा रोहनप्रीतले कसरी आफूलाई बिहेका लागि प्रस्ताव गरेका थिए भन्नेबारे बताएकी छिन् ।

नेहाले उक्त तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा रोहनप्रीतले एक कार्ड बोकेका छन् । उक्त कार्डमा लेखिएको छ – मसँग बिहे गर्छौ ?

इटाइम्सको रिपोर्टअनुसार नेहा र रोहनको बिहे दिल्लीमा हुनेछ । यसका लागि नेहा बिहीवार बिहानै आफ्नो परिवारका साथ दिल्ली जानेछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१